पाकिस्तानका चर्चित क्रिकेटरले भेटे सन्दीप लामिछानेलाई, राखे यस्तो प्रस्ताव !

समाज

सन्दीपलाई हौसला प्रदान गर्न पाकिस्तानका चर्चित ब्याट्समेन मोहम्मद रिजवान नेपाल आएको नेपाल क्रिकेट संघ उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार सन्दीपलाई रिजवानले आईतबार भेटेर उत्प्रेरित गरेका थिए । सन्दीपलाई हौसला र मनोबल बढाउन नै पाकिस्तानबाट उनी नेपाल आइपुगेको जानकारीमा आएको छ ।

यसका अतिरिक्त उनलाई पाकिस्तानमा हुने पिएसएल खेल्लनका लागी प्रस्ताव लिएर रिजवान नेपाल आएका हुन् । सन्दीपलाई आगामी फेब्रुअरी १४ देखि हुन लागेको पाकिस्तानको चर्चित लिग खेल्नका लागी सम्बन्धीत सरोकारवालाहरुले सहजीकरण गरिदिनुपर्ने धारणा पनि अघि सारेका हुन् ।

उनी २०२३ को पिएसएलमा सन्दीप लामिछानेलाई भित्र्याउन चाहान्छन् । चर्चित क्रिकेटरहरुले पनि सन्दीप लामिछानेलाई भौतिक तथा अनलाईन माध्यमबाट शुभकामना र हौसला दिने क्रम जारी नै रहेको छ । यसैबिचमा सन्दीप लामिछानेलाई विभिन्न देशले आफ्नो टीमबाट खेल्नका लागी पनि अफर गरेका थिए ।

क्यान स्रोतका अनुसार सन्दीपलाई भेटेर मनोबल बढाउन पछिल्लो समयबिश्व क्रिकेटमै राम्रो पहिचान बनाउन सफल क्रिकेटरहरुले इच्छा जनाउँदै आएका छन् । भारतीय विकेटकिपर दीनेश कार्तिकले पनि नेपाल आएर सन्दीपलाई भेट्नका लागी तयारी गरेको जानकारी पनि आएको छ ।

पाकिस्तानका विकेटकिपर रिजवानले पछिल्लो समय नेपाली क्रिकेटमा नयाँ युथहरुको आगमनले नेपालको क्रिकेटको भविष्य उज्जवल रहेको भन्दै सम्पूर्ण खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *