टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ । टिक टकबाट भिडियो बनाउँदा तपाईंले आफ्नो आवाजको प्रयोग गर्न सक्नुहुन्न । केवल आवाज अनुसार ओठ चलाए (लिप सिङ्क गर्नु) पुग्छ ।
< जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ । टिकटकका केही फाइदा पनि छन् । खासगरी गाउँ तथा स साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने तथा मनोरञ्जन गर्ने निकै राम्रो माध्यम बनिरहेको छ । कतिपय मानिस यसको माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच । यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् । विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउँदछन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर होउन्, कमेडी गर्न आओस् अनि गाउने तथा नाच्ने कला पनि होस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त हुन्छ । साथै संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा सामेल गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको प्रचारप्रसार पनि हुन्छ । बिहेको दिन एक युबक ले आफु भोला खान खटपट भयपछी एताउता पल्याक पुल्लुक हेरेर मुख मा भोला हालेर खायको भिडियो भाइरल भयको छ । गत मङ्सिर मा भयको एउटा बिहेमा बनाएको टिकट्क भाइरल बनेको छ जुन भिडियो मा लाखौ भिउज आएको छ ।