गायिका समिक्षा अधिकारीले पाइन आजसम्मकै ठुलो सम्मान

समाचार

भानुभक्त आवासीय माध्यमिक विद्यालयले ३६ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा कक्षा १२ का कानुनतर्फ गण्डकी प्रदेशमा प्रथम, द्वित्तीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका सभापति चन्द्रराज श्रेष्ठले विद्यालय पोखराको भविष्यको रुपमा रहेको उल्लेख गरे । विद्यालयले किताबी ज्ञानसँगै व्यवहारीक शिक्षामा जोड दिएकोमा उनले खुसी व्यक्त गरे । श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिएको पुरस्कारले अन्य विद्यार्थीमा म पनि त्यो पुरस्कार पाउनका लागि योग्य बन्न सकुँ भन्ने भावना राखि अगाडि बढ्न प्रेरणा मिल्ने भनाइ राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यालयले नाम अनुसारको काम गरेको र गर्दै जाने विश्वास व्यक्त गरे । ‘म भानुभक्तको, भानुभक्त मेरो भन्ने भावना सबै अभिभावक र विद्यार्थीमा हुनुपर्ने, शिक्षा धनको लागि भन्दा पनि मनको लागि गर्नुपर्ने,’ उनले भने ।

सन्तानलाई कस्तो बनाउने भन्ने कुरामा अभिभावक जिम्मेवार रहनुपर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारायणप्रसाद सुवेदीकाे भनाइ थियाे । विद्यालयले ज्ञान दिन्छ भने संस्कार र व्यवहारीक कुरा घरमा सिकाउनुपर्नेमा सुवेदीले जोड दिए ।विद्यालय गुणस्तरीय शिक्षा दिन सफल भएको उनको धारणा थियो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक भिमनाथ बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सचिव मनकुमार श्रेष्ठ, प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा पोखरा पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण केसी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख राजकुमार सुवेदी,

नागरिक उड्डयन प्राधिकरणका उप–प्रबन्धक कृष्ण पौडेल, पोखरा महानगरपालिका वडा नं. १ का वडा सदस्य शोभा गुरुङ लगायतको उपस्थिति थियो ।अभिभावकका तर्फबाट बोल्दै राजन बरालले विद्यालय पोखराको कानुन पढाउने उत्कृष्ट विद्यालय, विद्यार्थीको पहिलो रोजाइमा परेको बताए ।

प्लस टु का कोडिनेटर प्रदीप अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य दिनेशकुमार लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा कलाकार समीक्षा अधिकारीलाई र गजलकार भावना लामिछानेलाइ सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका विद्यालय प्रशासक सुमन पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *