रवी पछी संसदबाट ज्ञानेन्द्र शाही लखेटिन खोज्दैछन, प्रतिनिधिसभाको बैठकमा पर्यो चर्काचर्की

समाचार

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदहरुको जुहारी चलेको छ । बुधबार बसेको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले संघीयताविरुद्ध बोल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएपछि सत्ता पक्षकै सांसदहरुको जुहारी चलेको हो ।

उनले राप्रपाका मन्त्रीहरुलाई लक्षित गर्दै भने, ‘सरकारमा सहभागी मन्त्रीहरू नै संविधानको मान्यताविपरीत धर्म निरपेक्षतालाई मान्दिनँ, संघीयतालाई मान्दिनँ भन्दै बोलिरहनुभएको छ । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक विवाद आएको राम्रो होइन । त्यस बारेमा छलफल आवश्यक भए क्याबिनेटमा गर्नुहोस् ।

तर, संविधानको आधारभूत संरचनाको बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा मुलुकको लोकतन्त्रको लागि राम्रो लक्षण होइन ।’संविधानअनुसार मन्त्रीमा शपथ लिएका मन्त्रीहरूले व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने उनको भनाइ थियो ।त्यस लगत्तै बोलेका माओवादी उपमहासचिव तथा सांसद शक्ति बस्नेतले पनि सडकमा बहस एक हदसम्म स्वीकार्य भए पनि

मन्त्रीहरुले सरकारमा बसेर संघीयताको विरुद्ध बोल्न नमिल्ने भन्दै पन्तको अभिव्यक्तिमाथि सहमत भए ।उनले भने, ‘क्याबिनेट सदस्यहरुले संविधानका मूल्यहरूभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन । यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहोस् र यी विषयलाई सच्याइयोस् ।’

तर, उनीहरुको भनाइप्रति राप्रपाका ज्ञानेन्द्र शाहीले नियमापत्ति जनाए । उनले उनले सांसदहरुको भनाइप्रति नियमापत्ति गर्दै सीता नेपालकी छोरी, विश्वको प्रसिद्ध ग्रन्थ वेद नेपालको भएकाले काेही नास्तिक नहुने दाबी गर्दै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

तर, शाहीको नियमापत्तिपछि सांसद पन्त र बस्नेतले बोल्न खोजे पनि सभामुख देवराज घिमेरेले तत्काल रोके । त्यसलगत्तै बोलेका राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले राजतन्त्र फर्काएरै छाड्ने सदनबाटै उद्घोष गरे ।उनले भने, ‘राप्रपा सानो होला । तर, जनताको मनमा भिजेका छौं ।

हामी नेपालमा सनातन हिन्दू राष्ट्र कायम गर्न आएका छौं । हामी राजासहितको प्रजातन्त्र पुनःस्थापना गर्न आएका छौं । त्यो कुरा संविधानले रोक्दैन । हामी बोल्छौं र समयमा कार्यान्वयन गर्छौं ।’उनले संविधान र व्यवस्थालाई मानेर नै संसदमा आएको बताए ।

उनले थपे, ‘हामी यो व्यवस्था नमान्ने भए जंगल गएर बन्दुक उठाउँथ्यौं । यही संविधानलाई हाम्रो मूल्य र मान्यतामा परिवर्तन गर्न जनताले भोट दिएका छन् । हामीलाई हेप्ने र होच्याउने काम आइन्दा यो सदनबाट नहोस् ।’तर, उनको भनाइप्रति जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले चर्को असन्तुष्टि पोखे ।

संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्न बाध्य हुने उनले चेतावनीसमेत दिए ।उनले भने, ‘प्रधानमन्त्रीजीले मन्त्रीहरुलाई स्पष्टीकरण सोध्छु भन्नुभएको थियो । त्यो के भयो ? यदि यही रवैया रह्यो भने हामी सदन घेर्न बाध्य हुन्छौं । होइन भने यस्ता अनुशासनहीन र संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ ।’

संविधान नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताउँदै उनले संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वाद र दाइजोबाट नआएको बताए ।‘कसैको रहरले संघीयताविरुद्ध जान सकिँदैन । सरकारमा जाने, कार्यकारी जिम्मेवारीमा बस्ने अनि मन्त्री पदको

दुरुपयोग गर्दै संघीयता र गणतन्त्रको विरोधमा बोल्यो भने जसपा चुप लागेर बस्न सक्दैन’, उनले चेतावनी दिए ।त्यसो त यसअघि पनि राप्रपाका मन्त्रीहरुले संघीयताविरुद्ध बोलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कारबाही गर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *