जापान ।जापानको ओकिनावा प्रान्तमा अध्ययनका लागि आएका एक नेपाली विद्यार्थीको असामयिक नि’ धन भएको छ ।प्राप्त जानकारी अनुसार नेपाल दागं जिल्ला भालुवागं घर भएका सन्देश आचार्यको जनवरी २९ तारिख बिहान असामयिक नि’ धन भएको हो ।
शनिवार रात एक नेपाली रेष्टुरेण्टमा साथिहरुसगै खाना खाएर फर्किएका आचार्य सुत्ने समयमा छाति दुखेको, असजिलो भएको बताएसँगै मु’ र्छित बन्न पुगेका थिए । तत्कालै एम्बुलेन्स बोलाएर उनलाई उपचारको लागि अस्पताल लगिएपनि उपचारको क्रममा चिकित्सकहरुले मृ’ त्युको घोषणा गरेको प्राप्त विवरणमा उल्लेख छ ।
मृ’ त्युको खास कारण थाहा हुन नसकेको र पो’ ष्टमार्ट’ म रिपोर्ट पछि मात्र थाहा हुनसक्ने उनि अध्ययन गर्दै आएको विद्यालय र एनआरएनए ओकिनावाका पदाधिकारीहरुले बताएका छन् । यद्यपी उनको मृ’ त्यु हृदयघा’ तबाट भएको हुनसक्ने अनुमान गरिएको छ ।
हाल मृ’ तक आचार्यको श’ व प्रहरी नियन्त्रणमा पो’ ष्टमार्ट’ मका लागि राखिएको छ । ढिलोमा सोमबार बिहानसम्ममा पो’ ष्टमार्ट’ म रिपोर्ट आउने बताइएको छ ।सन् २०२२ को अप्रिलमा जापान भाषा विद्यार्थीको रुपमा आएका आचार्य ओकिनावाको जेसिएस भाषा विद्यालयमा दिवा कक्षामा अध्ययनरत थिए ।
आचार्यको नि’ धनपछि योकोहामामा बस्दै आएका दिदि भिनाजुलाई विद्यालयले बोलाएको र उहाँहरुलाई विद्यालयले घटनाबारे जानकारी उपलब्ध गराउनुका साथै पो’ ष्टमार्ट’ म रिपोर्ट आएपछि जानकारी गराउने भएको छ । दुःखद घटनाको बारेमा नेपालस्थित मृ’ तक आचार्य परिवारलाई समेत जानकारी गराइसकिएको बुझिएको छ ।
यो पनि – नागानोमा स्कि गर्न गएका बिदेशीहरुको समुहका केही व्यक्ति हिमपहिरोबाट घाईते भएका छन् ।नागानो प्रिफेक्चरका प्रहरी र दमकल विभागका अधिकारीहरूका अनुसार हिमपहिरोले नियमित स्कीइङ मैदानमा रमाइरहेका विदेशीहरूको समूहमाथि पर्न गएको थियो ।
हिम पहिरोबाट बचेकाहरूले उनीहरूका कम्तिमा एक व्यक्ति बेहोस भएको र घटनास्थलमा रहेको बताएका छन् ।आइतबार दिउँसो ओतारी गाउँको सुगाइके माउन्टेन रिसोर्टमा हिमपहिरो गएको प्रहरीले फोन मार्फत जानकराी पाएको थियो । प्रकोप स्थल तेन्गुहारा क्षेत्रमा रहेको छ, जुन समुद्र सतहबाट करिब २,१०० मिटर उचाइमा रहेको छ जसलाई सामान्यतया माउन्ट हाकुबा नोरिकुरा भनिन्छ।
अधिकांश प्रभावित स्कीयरहरू आफैले पहाडमा चढेको बताएका छन् । तर एक व्यक्तिको हिम पहिरोमा परेर हात भाँ’ चिएको र अस्पताल पठाइएको छ ।मौसम अनुकूल भएमा सोमबार बिहानैदेखि खोजी गर्ने प्रहरीले जनाएको छ ।