अस्ट्रेलियामा वृद्धालाई थप्पड हान्ने नेपाली नर्स पक्राउ

समाचार

वृद्धाहरूलाई झापड हानेको अभियोगमा अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ पर्नुभएको छ ।नेपाली नर्स अस्मिता पाण्डेलाई अस्ट्रेलियाको एक वृद्ध हेरचाह गृहमा रहेका वृद्धवृद्धालाई थप्पड हानेको आरोप लागेको ९ न्यूज अस्ट्रेलियाले जानकारी दिएको छ ।

वर्किङ भिसामा अस्ट्रेलियामा रहनुभएकी पाण्डे इप्पिङस्थित एस्टिया हेल्थ नामको स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्थ्यो।९ न्यूज मा प्रकाशित खबर अनुसार पाण्डेले थप्पड हानेकोमा ९५ वर्षीया वृद्धा जोन मुरे समेत हुनुहुन्छ । उहाँलाई पाण्डेले थप्पड हान्नुका साथै धलेकोको पनि आरोप छ।

मुरेकी छोरीलाई उक्त वृद्ध हेरचाह गृहका अर्का सहयोगीले फोन गरेर घटना सुनाएपछि पाण्डेको हर्कत बाहिर आएको मुरेकी छोरीले बताएकी छिन् ।रिता बल नामकी अर्की वृद्धालाई पनि पाण्डेले दुर्व्यवहार गरेको समाचारमा उल्लेख छ ।नर्स पाण्डेलाई पक्राउ गरी अहिले अदालतमा मुद्दा चलिरहेको छ ।

घटना थाहा भएपछि पाण्डेलाई कामबाट हटाएको र रोजगारी सम्झौता खारेज गरेको एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले बताए एक वक्तव्य जारी गर्दै बिल्टनले माफी मागेका छन् । ‘हाम्रामा बस्नेहरुको सुरक्षा र कल्याण गर्नु हाम्रो पहिलो प्राथमिकता हो’ बिल्टनले भनेका छन्, ‘हामी हाम्रोमा बस्नेहरुलाई कुनै पनि प्रकारको दुर्व्यवहार दिँदैनौ वा दुर्व्यवहार भएको सहदैनौ।’

अहिले गर्भवती रहनुभएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ । उहाँलाई मार्चमा सजाय सुनाइने ९ न्यूजको समाचारमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *