आत्मदाहको प्रयास गर्ने व्यक्तिलाई बचाउन खोज्ने महिलाको मृत्यु

समाचार

पोखरामा आइतबार आफ्नै शरीरमा आगोलगाउने व्यक्तिलाई बचाउन खोज्ने महिलाको मृत्यु भएको छ ।

आइतबार पोखरा महानगरपालिमा–१३ काहूँखोलामा ४३ वर्षीय कृष्णबहादुर क्षेत्रील आफ्नो शरीरमा आगो लगाएका थिए । उनले शरीरमा आगो लगाएको देखेपछि कृष्णबहादुरकी घरबेटी ४० वर्षीया संगीता सापकोटा बचाउन गएकी थिइन् । घाइते दुवै जनालाई उचापरका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।

अस्पतालका अनुसार उपचारका क्रममा सोमबार बिहान ११ बजे संगीताको मृत्यु भएको हो । शरीरमा आगो लगाउने कृष्णबहादुरको उपचार भइरहेको छ । कृष्णबहादुर संगीताोे घरमा स्टेसनरी पलस चलाउँदै आएका थिए ।

कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *