सानी छोरीसंग नायिका स्वेता खड्का र उनका श्रामान बिजेन्द्रले बनाएका टिकटक भिडियो (भिडियो सहित)

भिडियो

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनकी श्रीमती अभिनेत्री स्वेता खड्काको अवस्था देख्दा धेरैलाई लागेको थियो, उनलाई सामान्य जीवनमा फर्किन अब गाह्रो होला । अचेल स्वेताको मुहारमा छाउने मुस्कानले देखाउँछ, उनको जीवनमा हराएको खुसी फेरि फर्किसक्यो । श्रीकृष्णको निधन भएको दुई वर्षपछि ‘कान्छी’ फिल्म बनाइन्, आफैँ अभिनय गरिन् ।

रेस्टुराँ, इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी लगायत विभिन्न व्यवसायमा पनि हात हालेकै छिन् । सिन्धुपाल्चोकको इन्द्रावतीमा माझी बस्ती निर्माण अभियानमा पनि जुटेकै छिन् । अहिले बाँचिरहेको जीवन उनलाई ‘दोस्रो जीवन’ जस्तो लाग्छ रे ! उनको पहिलो र दोस्रो जीवन केन्द्रित भएर अनिल यादवले गरिएकाे कुराकानी

निकै हतारमा देखिनुहुन्छ नि ?
अँ, एकदमै बिजी छु । चारैतिर हात हालेको छु । फिल्मको विदेश प्रदर्शन, माझी बस्तीको पुनःनिर्माण, आफ्नो रेस्टुरेन्ट, कन्स्ट्रक्सन कम्पनी थुप्रैतिर आबद्ध छु । फेरि अहिले नयाँ आर्थिक वर्ष पनि लाग्दैछ । त्यसैले क्लोजिङको टाइम छ । अहिले पनि यो इन्टरभ्यू सकिनेबित्तिकै बैंक जानुपर्ने छ ।

श्रीकृष्णको मृत्युपछि सामान्य जीवनमा फर्कन तपाईंलाई धेरै समय लाग्यो है ?दुई वर्ष बढी लाग्यो होला । दुई वर्षसम्म उहाँ र मेरो ट्र्याजिडी त छँदैथ्यो, बाहिर चल्ने अनेक हल्लाहरुले झन् पीडा दिन्थ्यो । त्यतिबेला उहाँको विछोड सँगसँगै अरु धेरै कुरासँग म फाइट गर्थें । मलाई धेरै समस्या पनि भयो त्यतिबेला । हेल्थले पनि साथ दिएन । ब्याकबोनको प्रोब्लम भयो । ग्यास्ट्रिकको समस्या भयो । डिप्रेसनमा पनि गएँ । औषधीको कुरा गर्दा १२–१३ वटा ट्याब्लेट एकपल्टमा खानुपथ्र्यो । र, त्यो सँगसँगै मेडिसिनमा विश्वास लागेन । मलाई पनि ठीक हुँदैन, मलाई पनि क्यान्सर हुन्छ भनेर घरमा जिद्दी गरेँ ।

त्यसपछि अस्ट्रेलिया गएँ, ट्रिटमेन्टका लागि । एक महिना त्यहाँ रहँदा पनि सुधार नभएपछि फेरि युएस गएँ । फेमिलीको सल्लाहअनुसार म टाढा जाँदा मलाई ठीक होला भनेपछि म त्यता ९युएस० गएकी थिएँ । युएसमा श्रीकृष्णलाई माया गर्ने उहाँका फ्यानले मुभीको प्रिमियर सो राख्नुहुन्थ्यो । त्यहाँ गएर दर्शकसँग भेट्दा, माया पाउँदा आफूलाई सम्हालिएको महसुस हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *