गृहमन्त्रालय पाए सरकारमा जाने कांग्रेसको घोषणा

समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा सहभागी हुन तयार रहेको बताए । अहिले गृहमन्त्रालय खालि रहेको भन्दै यो मन्त्रालय दिए कांग्रेस सरकारमा जाने उनले बताए । उनले भने, गृहमन्त्री दिए भने अहिलेको सरकारमा नै कांग्रेस जान्छ

नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा पनि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सहयोग गर्नेमा ढुक्क रहेको उनले बताए । यस्तै नेपाली काङ्ग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले ठुलो दल भएर पनि सरकारमा जान र सरकार बनाउन नपाउँदा चित्त दुखेको बताएका छन् ।

विराटनगरमा नेपाल प्रेस युनियनको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै काङ्ग्रेसले सरकार बनाउन नसक्नुमा उनले आफ्नै कारण भएको बताए । उनले ठुलो पार्टी भएकोले जुनसुकै बेला सरकारमा जान सकिने बताए ।

उनले सरकारलाई दिएको विश्वासको मतको बारेमा पार्टी भित्र छलफल गर्दा आफू विश्वासको मतको तटस्थ अवस्थामा बस्न लागेपनि पार्टी भित्र बहुमतको निर्णयलाई मानेर अघि बढेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *