रवि लामिछानेलाई अमेरिकाबाट प्रेम बानियाको भावुक सन्देश

समाचार

काठमाडौँ । सञ्चारकर्मी प्रेम बानियाँले रवि लामिछानेलाई संयमता नगुमाउन सुझाव दिएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत संयमता र धैर्यताका साथ अगाडि बढ्न सुझाव दिएका हुन् ।

उनले फेसबुकमा लेख्दै मात्तिने वा आत्तिने परिस्थितिबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्न आग्रह गरे । उनले भनेका छन्, ‘भोलि अर्को कोही राज्यविहीन नबनोस् भन्नका लागि आज तपाईँ स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो ।’

शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलासँगै उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद र मन्त्री पद खारेज भएको हो ।

सञ्चारकर्मी बानियाँले रविलाई दुखी हुनुपर्ने रत्तीभर कारण नभएको र हामी सधैँ सँगै रहेको बताए । ‘तपाईँले देशमा परिकल्पना नै गर्न छुटेका विषयहरूसमेत उजागर गरेर देश र जनताकै लागि योगदान गरिरहनु भएको छ ! मात्तिने वा आत्तिने परिस्थितिबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्नुभयो भने आजका यिनै व्यवधान र अप्ठ्यारा गौँडाहरू तपाईँको मात्र होइन देशकै जीवनमा इतिहास बन्नेछन्, नजिर बन्नेछन् । भोलि अर्को कोही राज्यविहीन (स्टेटलेस) नबनोस्’ का लागि आज तपाईँ स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो’ उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *