सामाजिक अभियन्ता अर्जुन भुसाल भन्छन – हिम्मत नहार्नु दाइ अबको उपनिर्बाचनमा ५० हजार मतान्तारले बिजय गराउनेछौ

समाचार

सामाजिक अभियन्ता अर्जुन भुसाल भन्छन – दाइ हजुरले भनेको मलाइ याद छ यो भेटमा यहा गार्हो छ भाइ गार्हो तर म हिम्मत हार्दिन । धेरैले धेरै पटक लडाउन खोजे तर लड्नुभएन। हिम्मत नहार्नु दाइ अबको उपनिर्बाचनमा अहिले धेरै भन्दिन ५० हजार मतान्तारले बिजय गराएर फेरि संसद भवन प्रबेश गराउनेछौ।

साथै, रवि लामिछानेले छाडे सरकारी निवास- निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी त्यहाँबाट निजी निवास गएका हुन् ।

लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *