रबि लामिछाने नेपाली नागरिक नरहेको फैसलापछी डा. सिके राउतले भर्खरै लेखे यस्तो स्टाटस

समाचार

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले रवि लामिछानेले देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गरेको भनेर स्मरण गरेका छन् ।सर्वोच्च अदालतको संवैधानिक इजलासले आज रविको सांसद र मन्त्री पद खारेजी गरिदिएको छ।

उनले अमेरिकी नागरिकता परित्याग गरेपनि नेपाली नागरिकता पूनः प्राप्तिको लागि प्रक्रिया अवलम्बन नगरेको भन्दै अनागरिक भनेको छ। राउतले विकसित परिस्थितिबारे आफ्नो धारणा राख्दै ट्विटरमा लेखेका छन्,’प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय

राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो,कम ब्याक हिरो।’

त्यस्तै रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’अर्को स्टाटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

उता गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबारे सर्वोच्च अदालतको फैसलाले लाखौं गैरआवासीय नेपालीलाई निराश बनाएको प्रतिक्रिया दिएको छ । नागरिकतासम्बन्धी विवादमा शुक्रबार अदालतले लामिछानेको सांसद पदसँगै सबै सरकारी हैसियत खारेजको निर्णय गरेको थियो ।

फैसलाबारे कुराकानी गर्दै संघका अध्यक्ष बद्री केसीले रवि लामिछानेको मुद्दाका विषयममा भएको अदालती फैसलाले आफूहरु निराश बनेको बताए ।विद्यमान नागरिकता ऐनअनुसार लामिछानेले प्रक्रिया पालना नगरेको देखिएको भन्ने अदालतको आदेशले विदेशमा गएर सिकेको सीप तथा ज्ञान नेपालमा भित्र्याउन राम्रो सन्देश नदिएको उनको भनाइ छ ।

‘रविले नेपाल फर्केर अमेरिकामा सिकेको पत्रकारितालाई नेपालमा प्रयोग गर्न खोजेका थिए । भलै उनी राजनीतिमा आउन कानुनले रोक लगाएको थियो’ अध्यक्ष केसीले भने, ‘त्यो भनेको पनि प्रक्रिया मात्रै नपुगेको भन्ने थियो । आजको दुनियाँमा प्रक्रिया नपुगेका कारण यस्तो सास्ती दिनु राम्रो सन्देश होइन । यसले नेपाल फर्केर केही गरौ भन्ने भावना भएका गैरआवासीय नेपालीमा ठेस पुर्‍याएको छ ।’

गैर आवासीय नेपालीले विदेशमा रहेपनि आफ्नो मुलुक फर्केका दिन नेपाली भन्न पाइयोस् भन्ने माग राखेर नेपाली नागरिकताको निरन्तरताको माग गरेको पनि अध्यक्ष केसीले बताए ।‘नेपालमा आउने वित्तिकै नागरिकता निरन्तरता हुनु पर्‍यो भनेर हामी माग उठाइरहेका थियौं’ अध्यक्ष केसी थप्छन्, ‘यतिका वर्षदेखि रविले नेपालमा असल पत्रकारिता गरिरहेका थिए ।’

अध्यक्ष केसीले नेपालको संविधानले नै गैरआवासीय नागरिकताको व्यवस्था सुनिश्चित गरेको तर त्यसका लागि आवश्यक अन्य कानुनी प्रक्रिया सरकारकै कारण अप्ठ्यारोमा परेको बताए । गैरआवासीय नेपालीलाई दोषी देख्ने व्यवस्थाले गैर आवासीय नेपाली ऐन र नागरिकता सम्बन्धी विधेयक रोक्नु गलत भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *