रविको बिपक्षमा लडेका अधिवक्ता सुरेन्द्र भण्डारी भन्छन्, ‘सर्वोच्चको फैसला सबै नेपालीको जित हो’

समाचार

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको फैसला सबैको जित भएको बताएका छन् ।सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार उनको सांसद पद खारेजको फैसला सुनाएको थियो ।

रिट निवेदकको तर्फबाट बहसको अगुवाई गरेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, सर्वोच्चको फैसला सबै नेपालीको जित हो । यो फैसलाले उहाँलाई पनि राष्ट्रप्रति आफ्नो लोयल्टी देखाउने मौका दिएको छ ।’ साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।

आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै उनले पदबाट राजीनामा दिएका हुन् । सर्वोच्च अदातलले रवि लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

नेपालको मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्छ । उनको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वत: गएको हो । लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछानेको पद गएको हो ।

अमेरिका नागरिकता र पासपोर्ट परित्याग गरेपनि लामिछानेले नेपाल नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका हुन् । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासबाट फैसला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *