मृ त्यु पश्चात् आचार्यलाई विश्वभरबाट सहयोगको ओइरो

समाचार

काठमाडौं । बानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भएको छ । उनको मृत्युपश्चात् विश्वभरबाट सहयोग गर्नेहरुको ओइरो लागेको छ । यतिबेला आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ ।

चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएकी छिन । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएकी छिन ।

आफूले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा निधन भएको हो । उनको निधन सँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।

बैंकको ऋण तिर्न नसकेपछि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु हो । उनको मृत्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो ।

आचार्यको मृत्युपश्चात् सामाजिक संजालहरुमा उनकी श्रीमतिको खाता नम्बर सार्वजनिक गरि सहयोग गर्न अपिल समेत गरिएको छ । विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *