शाहरूख खानको ‘पठान’ रिलिज हुँदा किन पूजा शर्माले काटिन् केक ?

मनोरंजन

काठमाडौँ : बलिउड स्टार शाहरुख खान अभिनित फिल्म ‘पठान’ रिलिज हुँदा नेपाली नायिका पूजा शर्माले केक काटेकी छन्।शाहरुखकी फ्यानसमेत रहेकी उनले ‘पठान’ हेर्न हल पुगेका बेला त्यहीँ केक काटेकी हुन्। शाहरुख अभिनित ‘पठान’ को ‘फस्ट डे फस्ट शो’ हेर्न सुन्धारास्थित सीडीसी सिनेमाज् पुगेकी उनले त्यहीँ केक काटेकी हुन्।

‘पठान’ रिलिज भएको अवसरमा नेपालस्थित शाहरुखको फ्यान क्लब ‘टीम एसआरके नेपाल’को आयोजनामा भएको एक कार्यक्रमबीच पूजाले पनि खुसी साटेकी हुन्।उनले शाहरुखका नेपाली फ्यानहरुसँग मिलेर केक काटेको तस्विर र भिडियो पनि सामाजिक सञ्जालमा हालेकी छन्।

उनले बुधबार नै इन्स्टाग्राम स्टोरी पोस्ट गर्दै ‘पठान’लाई उत्कृष्ट एक्सन फिल्म भनेकी छन्। आफ्नो आइडल अभिनेताको फिल्म ५ वर्षपछि आउँदा आफू औधी खुसी भएको उनले बताएकी छन्।यसअघि २०७१ सालमा शाहरुख नेपाल भ्रमणमा आउँदा उनलाई भेटेर रोएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *