प्रोटोकल थाहा हुँदाहुँदै राज्यमन्त्री तोसिमा कार्की क्यामेरा लिएर किन पुगिन वार्डमा ?

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृ तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की विवादमा आएकी छिन् । मंगलबार कीर्तिपुरस्थित ब’र्न अस्पतालमा पुगेकी कार्कीले प्रोटोकल थाहा हुँदाहुँदै क्यामेरा लिएर वार्डमा पुगेको भन्दै आलोचना हुन थालेको छ ।

मंगलबार उनी आत्मदा’हको प्रयास गरेका इलामका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएकी थिइन् । तर, घाइ’तेलाई भेट्न जाँदा राज्यमन्त्री कार्की क्यामेरा लिएर वार्डमा नै पुगेपछि उनको आलोचना भएको हो ।

ज’लेर घा’इते बिरा’मीलाई भेट्न जाँदा उपचारसम्बन्धी प्रोटोकल र संवेद’नशीलता अवलम्बन नगरेको, सङ्क्र’मणबाट बिरामीलाई जोगाउनुपर्नेमा क्यामेरासहित वार्डमा नै पुगेर लापरबा’ही गरेको, बिरामीको गोप’नीयता हनन गरेको र सस्तो लोकप्रियता हासिल गर्न खोजेको भन्दै मन्त्री कार्कीको आलोचना भइरहेको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीय संसद् भवनबाट बाहिर निस्किनेबित्तै उनकै गाडीअगाडि आत्मदा’हको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *