ऋणमा चुर्लुम्म डुबेका प्रेम आचार्यको उपचार शुल्क नलिने किर्तिपुर अस्पतालकाे घाेषणा

समाचार

किर्तिपुर अस्पतालमा उपचारका क्रममा नि’ धन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको छ। आचार्यको बुधबार बिहान मृ’ त्यु भएको छ । इलामका ३७ वर्षीय प्रेम आचार्यको नि’ धनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ ।

यसैबिच चर्चित डाक्टर ओममुर्ति अनिलले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर ५१ हजार रुपैयाँ सहयोग गरेको बताएका छन् ।ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा ५१ हजार पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् ।उक्त रकम सहयोग गर्दै डाक्टर अनिलले भनेका छन् – ‘प्रेमजी को घटनाले स्तब्ध छु । मैले क़ेही आर्थिक सहयोग गरेको छु ।

समस्त मित्रहरुले पनि वहाँको छोरीहरुको लागि सकदो सहयोग गर्दिनुहोला फ़ोटोमा बैंक डिटेल छ ।’आफूले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए ।

नयाँबानेश्वरस्थित संसद भवन अगाडि आ’ त्मदा’ हको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा नि’ धन भएको हो । उनको निधन सँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।

नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् । आ’ त्मदा हको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् ।

यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको नि’ धन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् ।उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन् स् एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त वि’ द्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ ।

मलाई थाहा छ, आ’ त्मदा’ हको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो ।दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु ।

प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आ’ त्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *