प्रेम आचार्यको घटना दुख:द, यसमा म पनि दोषी छु : गृहमन्त्री लामिछाने

समाचार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताएका छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै इलामका प्रेम आचार्यले आत्मदह गरेर निधन भएको घटनाप्रति दुख व्यक्त गरेका छन् ।मन्त्री लामिछानेले आफू जस्ता नयाँ हरुको राजनीतिक आगमनले समेत उत्साह थप्न नसक्दा यस घटनामा आफू पनि दोषी भएको उल्लेख गरेका छन् ।

‘हामीजस्ता नयाँहरुको आगमनाले पनि आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं,’ मन्त्री लामिछानेले भनेका छन्, ‘म दोषी छु। प्रेम आचार्य जी । नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईँमा आशा जगाउन सकिनौं।’

त्यस्तै मन्त्री लामिछानेले आफूहरुले पनि मुलुकको परिस्थितिका कारण कारण शान्त बिद्रोह गरेर आएको बताएका छन् ।

‘यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ,’ उनले अगाडि भनेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।’

आफूले हरेक क्षेत्रमा निराशा व्यहोरेको भन्दै इलामका प्रेमप्रसाद आचार्यले मंगलबार पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए ।उनले संसद भवन नयाँ वानेश्वर अगाडी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निस्किने वित्तिकै आफूमाथि आगो लगाएका हुन् ।उनको शरीरमा लागेको आगो निभाउँदासम्म उनको ८० प्रतिशत शरीर जलेको थियो । आचार्यको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *