संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आ’ त्मदाहको प्रयास गर्ने युवाको नि’ धन भएको छ। उनको आज बिहान ५ बजे उपचारका क्रममा नि’ धन भएको कीर्तिपुरस्थित बर्न अस्पतालका डाक्टर किरण नकर्मीले जानकारी दिए। शरिरको अधिकांश भाग ज’ लेको हुनाले बचाउन नसकिएको उनको भनाइ छ।
मंगलबार दिउँसो शरीरमा पेट्रोल ख’ न्याएर आ’ त्मदा’ ह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घा’ इते भएका थिए। पेट्रोल ख’ न्याएर आ’ त्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग ज’ लेको थियो। घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।
मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की पनि उनलाई भेट्न अस्पताल पुगेकी थिइन्। उनको श’ व अहिले अस्पतालमा नै रहेको डाक्टर नकर्मीले बताए। बानेश्वरमा आ’ त्मदाह गर्न आगो लगाएका प्रेमप्रसादको नि’ धन पछि मेयर बालेन शाह लेख्नुहुन्छ : “एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् ।
एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आ’ त्मह’ त्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल ख’ न्याएर आ’ त्मदा’ ह गर्छन् ।उनको त्यो आ’ त्मदा’ हका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो ।
र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।
नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ ।नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन ।
प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ ।
सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ । एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् ।
त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक स’ मवेदना व्यक्त गर्दछु ।कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ
भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्र’ द्धाञ्जली छ ।”