काठमाडौं, अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आईतबार हुने फाईनल खेल करियरको अन्तिम विश्वकप हुने बताएका छन् । मेस्सीकै प्रेरणादायी प्रर्दशनमा अर्जेन्टिनाले मंगलबार सेमिफाइनलको खेलमा क्रोएसियालाई ३–० ले हरायो ।
सन् २०२२ को कतार विश्वकपमा मेस्सीले पाँच गोल पुरा गरे । सेमिफाईनलमा भएको अन्य दुई गोलमा समेत मेस्सीकै सहयोग रह्यो । करियरको पाँचौ विश्वकप खेलिरहेका मेस्सीले अहिलेसम्म यस उपाधि जित्न सकेका छैनन् ।
‘मेरो विश्वकपको आफ्नो यात्राको फाइनलमा समाप्त गर्न र फाइनलमा अन्तिम खेल खेल्नका लागि धेरै खुसी छु । यो वास्तवमा एकदमै सन्तुष्टदायी छ ।’ मेस्सीले भनेका छन् ।
‘यस विश्वकपमा मैले जसरी बाँचे, त्यो निकै भावनात्मक रह्यो । यो हेर्दै, अर्जेन्टिनामा यसलाई कसरी आनन्द लिईरहेका छन् भनेर ।’ उनले भने, ‘यस वर्षदेखि अर्को संस्करणसम्म धेरै वर्ष छन् । मलाई लाग्दैन, मैले गर्न सक्नेछु । यस तरिकाबाट यसलाई सक्नु शानदार हुनेछ ।’
अर्जेन्टिनाले फाइनलमा फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । मेस्सीले कीर्तिमानी २६ औं पटक विश्वकपको खेलमा मैदान उत्रदैछन् । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
मेस्सीले वर्षको सर्वोत्कृष्ट खेलाडीको रुपमा कीर्तिमानी सातौं पटक वालेन डी ओरको अवार्ड जितेका छन् । उनले एक पटक फिफा वर्ष खेलाडीको अवार्ड समेत हात पारे ।
उनले चार पटक च्याम्पियन्स लिग र ११ शीर्ष उपाधि सहित कोपा अमेरिकाको उपाधि समेत हात पारेका छन् । विश्वकपको उपाधि मेस्सीले जित्न बाँकी एकमात्र उपाधि रहेको छ । सन् २०१४ को फाईनलमा मेस्सीले ब्राजिलमा जर्मनीसँग हार ब्यहोरेका थिए ।
‘हामी हाम्रो सर्वोत्कृष्ट प्रर्दशन दिनेछौं । जसरी अहिलेसम्म दिएका छौं । यस पटक यो पक्कैपनि सफल हुनेछ । हामी पक्कै जित्ने छौं ।’ उनले भनेका छन् ।