मेस्सी म्याजिक जारी : चौथोपटक जिते ‘म्यान अफ् द म्याच’ अवार्ड

खेलकुद

अर्जेन्टिनाका लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप फुटबलमा चौथोपटक म्यान अफ् द म्याच अवार्ड जितेका छन् । मंगलबार राति भएको सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० को शानदार जित निकाल्दा मेस्सी पुनः एकपटक खेलको उत्कृष्ट खेलाडी चुनिए । लुजाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाको शानदार जितमा टिमका कप्तान मेस्सीले १ पेनाल्टी गोल गर्दै १ गोलमा शानदार असिस्ट पनि गरेका थिए ।

मेस्सीले खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सोही गोल अर्जेन्टिनाको शानदार जितको टर्निङ प्वाइन्ट पनि थियो । त्यसपछि खेलको ६९औं मिनेटमा जुलियन अल्भारेजको गोलमा मेस्सीले बडा शानदार र जादुयी असिस्ट मिलाएका थिए । सो खेलका उनको दोस्रो गोलमा सहभागिता थियो । मेस्सीले सो गोलमा अविश्सनीय असिस्ट प्रदान गरेर टिमको जितमा थप योगदान दिएका थिए ।

क्रोएसियाविरुद्ध मेस्सीले जितेको म्यान अफ् द म्याच कतार विश्वकपको चौथो म्यान अफ् द म्याच अवार्ड हो । अर्जेन्टिनाले खेलेका ६ खेल मध्ये मेस्सी एक्लै ४ खेलमा म्यान अफ् द म्याच घोषित भइसकेका छन् । यसले पनि मेस्सी कति तगडा लयमा छन् भन्ने कुरा देखाउँछ । मेस्सीले अब विश्वकपको फाइनल खेल खेल्नेछन् । सो खेलबाट पनि उनले अर्को म्यान अफ् द म्याच अवार्ड जितन सक्ने सम्भावना छँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *