काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

समाचार

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १७ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् ।घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *