के गायिका समिक्षा अधिकारी धर्मकर्म तिर लागेकी हुन् ?

समाज

समिक्षाको स्ट्याटस भित्र लुकेको धार्मिक महत्त्व ! गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्ट्याटस लेख्दै भनेकी छिन – “मौनता र मुस्कान दुइटा शक्तिशाली अस्त्र हुन।”

महिलाहरू शक्तिशाली हुन्छन् – यो इतिहासले देखाएको पनि तथ्य हो। इतिहासलाई छोडेर हाम्रा पौराणिक र धार्मिक ग्रन्थहरूमा पनि शक्तिशाली महिलाहरूलाई पूजा गर्ने प्रचलन रहेको छ। हामीले पूजा गर्ने देवी भगवतीहरू त्यस्ता महिलाहरू हुन जसले अनेक हण्डर खाँदै संसार जितेका थिए।

यसै सन्दर्भमा केही समय अघि दिवङ्गत भएका नेता प्रदीप गिरीले पोखरामा भएको साहित्यिक कार्यक्रममा भनेको भनाई उल्लेखनीय छ – उनले भनेका थिए – “मैले के देखेको छु भने सायद सबै समाजमा खास गरिकन जसलाई हामीले समाजका मान्यताभन्दा बाहिर गएर हिँडेको देख्छौँ, सधैँ तिनीहरूको आवरण, पोसाक र प्रस्तुतिलाई डढाइदिन चाहन्छौँ। ती हामीलाई अमान्य हुन्छन्। तिनलाई हामी ढुङ्गा हान्छौँ। अनि लाचार भएपछि पूजा गर्न थाल्छौँ।”

यस लाई थप प्रस्ट पार्दै गिरीले भनेका थिए, “सुरुमा तिनलाई सिद्ध्याइदिन र मारिदिन खोज्ने अनि अन्तिममा त्यो सिद्धिइन, बेइज्जत र उपेक्षा गर्न सकिएन भने पूजा गर्न थाल्छौँ। अरे, तिनीहरू त पञ्चकन्या हुन् भनेर!”

उनले उल्लेख गरेका पाँच जना पञ्चकन्या पाण्डवकी एक्ली पत्नी द्रौपदी हुन या

१) द्रौपदी – दौप्रदीका पाँच पति थिए तर उनलाई त्यतिले मात्रै चित्त बुझेको थिएन। उनलाई त कुन्तीका अर्का छोरा कर्णसँग पनि विवाह गर्न रहर थियो। महाभारतमा द्रौपदीले बारम्बार युधिष्ठिरसँग झगडा गरिरहेको उल्लेख छ !

२)अहिल्या –गौतम ऋषिकी पत्नी हुन। इन्द्रले गौतम ऋषिको भेष धारण गरेर आएको थाह हुँदा हुँदै कस्तो हुँदो रहेछ भनेर उनले सहवास गरेको प्रसङ्ग रामायणमा छ।

३) तारा – राजा बालीलाई जब रामले मारे त्यस लगत्तै उनकी पत्नी ताराले बालीका भाइ सुग्रीवसँग विवाह गरेकी थिइन

४) मन्दोधरी – मन्दोधरी इन्द्रजीतकी आमाले रावण पछि विभीषणसँग पनि बिहे गरिन्।

५) कुन्ति – पाण्डुसँग विवाह गरे पनि उनका विवाह पछिका ३ छोरा र विवाह अघिका छोरा बाबु चार देवताहरू थिए।

महाभारतमा यस्ता पात्रहरू प्रशस्त छन्। पाण्डवहरूकी हजुरआमा सत्यवतीले विवाह अघि नै एक जना छोरालाई जन्म दिएकी थिइन। यो विवाह अघिको सम्बन्धले जन्माएका उनका उनका छोरा ब्यास ऋषि भए। उनैले वेद, महाभारत र पुराणहरू लेखेका हुन। पछि ब्यासकै कृपाले १०० कौरवहरू र पाँच पाण्डवहरूका पिताहरू धृतराष्ट्र, पाण्डु र विदुरको जन्म भयो।

पाण्डवहरू मध्येका तीन जनाका आमा कुन्तीको पनि त्यस्तै कथा छ। कुन्तीले पनि सूर्यदेवसँगको संसर्गमा विवाह अघि नै कर्णलाई जन्माएकी थिइन। कर्ण महाबली बने विश्व प्रसिद्ध बने भने पाण्डवहरू जन्माउनको लागि कुन्तीले गरेको त्याग र तपस्याको बखान पनि उल्लेखनीय छ। युधिष्ठिर लाई जन्म दिन कुन्तीले धर्मराजको आव्हान गरेकी थिइन भने भीमको जन्मको लागि उनले वायु देवको आह्वान गरेकी थिइन।

त्यस्तै अर्जुनको लागि उनले देवराज इन्द्रलाई बोलाएकी थिइन। त्यस्तै आफ्नी सौता माद्रीको लागि पनि उनले अश्विनीकुमारहरूलाई बोलाएर जुम्ल्याहा सन्तान नकुल र सहदेव जन्माउन सहयोग गरेकी थिइन। पाण्डुको देहान्तपछि माद्री सती गइन त कुन्तीले छोराहरूको हेरचाह गर्न भनेर हस्तिनापुर फर्किइन। त्यसपछि उनले पाण्डुका सौतेनी भाइ विदुर सँग मित्रता गरिन – जो राजा धृतराष्ट्रका सल्लाहकार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *