मुस्लिम राष्ट्र कतारमा मिस क्रोएसिया खुल्न थालेपछि कतारी भए हेरेको हेरै

अन्तर्राष्ट्रिय समाचार

पहिलोपटक मध्यपूर्वी एसियामा आयोजना भएको फिफा विश्वकपमा विभिन्न नियम लागू गरिएको छ ।मुस्लिम राष्ट्र कतारमा विश्वकप आयोजना भएसँगै सरकारले आफ्नो धर्म र नीतिअनुसार विश्वकपमा आएका खेलाडी र समर्थकलाई नियम पालना गर्न भनिएको छ । कतारको कठोर नियमकै कारण यसपटक खासै फरक किसिमका गतिविधि भएका छैनन् ।

कतारले विश्वकपमा सार्वजनिकस्थल, रंगशालामा अल्कोहल पिउन नपाउने नियम बनाएको छ । यसैगरी, महिलाको हकमा झनै कडा नियम कतारले लागू गरेको छ ।विदेशी समर्थकहरूले खेलका दौरान वा सडकमा बडी सो गर्न पाउँदैनन् । रंगशालामा महिला समर्थकले अर्धनग्न भएर प्रस्तुत हुन नपाउने नियम छ ।

तर, ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनलमा कतारले महिलासम्बन्धी कायम गरेको नियम फेरि तोडियो । प्रतिस्पर्धाको बीचमा प्यारापिटमा मिस क्रोएसिया इभाना नोल पुनः विकिनी पहिरनमा देखिइन् ।

अहिले उनले लगाएको पहिरनले विश्वकपमा मात्र नभएर विश्वभरि नै चर्चा बटुलिरहेको छ । मिस क्रोएसिया इभाना अर्धनग्न हुँदै प्यारापिटमा प्रवेश गरिन् । इभानाले ‘क्रोएसियन झन्डा रंगको बिकिनी’ लगाएकी थिइन् ।

यसअघि मोरक्को र क्रोएसियाबीच पनि उनी यस्तै पहिरनमा उपस्थित भएकी थिइन् । अघिल्लोपटक सुरक्षकर्मीले उनलाई चेतावनी दिएका थिए ।

मिडियाका अनुसार मिस क्रोएसियन नोललाई दोस्रोपटक अर्धनग्न रूपमा नआउन भनिएको छ । मिस क्रोएसियन नोल प्रतियोगिताकै पहिलो क्वार्टरफाइनलमा बिकिनी पहिरनमा रंगशालामाभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।

सुरक्षाकर्मीले नोललाई भित्र प्रवेश गर्न अनुमति दिएनन् । खेलअगाडि सुरक्षाकर्मी र नोलबीच वार्ता भएको थियो । केहीबेरको संवादपछि उनी मैदानभित्र प्रवेश गरिन् ।

यसअघि मोरक्कोसँगको खेलमा नोल बिकिनी पहिरनमा प्रवेश गरेको क्षणलाई अन्तर्राष्ट्रिय मिडियाका फोटोग्राफरले फोटोसुट गरेका थिए । नोलको पहिरन कतारी समर्थकलाई लोभ्याउने र आयोजकलाई समेत झस्काउने किसिमको थियो ।नोल प्यारापिटमा आउँदा कतारी दर्शकले उनको तस्बिर मात्र खिचेनन्, एकोहोरो रूपमा हेरिरहे ।

कतारी समर्थकले मिस क्रोएसिया नोलमाथि अर्जुनदृष्टि लगाएको क्षणको तस्बिर अन्तर्राष्ट्रिय मिडियामा मात्र नभएर सोसल मिडियामा समेत भाइरल बनेको छ । नोलले आफ्नो फोटोसुट इन्स्टाग्राममा ‘पोस्ट’ गरेकी छिन् । यस फोटो सम्बन्धमा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *