रियल नईका बन्ने दौडमा प्रेमी बनाउन भुलेका हुन् त उपासना र मालिकले ? बाहिरियो यस्तो रहस्य !

मनोरंजन

काठमाडौ । नायिकाद्धय उपासना सिंह ठकुरी र मलिका महत एउटै कलेजमा पढेका साथीहरु हुन् । उनीहरुको मित्रचा कलेजको समयदेखि भन्दा पनि अहिले फिल्म लाइनमा आएर बढेको हो । केही हप्ता अगाडि एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा यी दुइको भेटघाट भएको हो । त्यहाँबाट बलियो बनेको दुइको मित्रता अहिले ह्याङ आउटमा पुगिसकेको जानकारहरु बताउँछन् ।

मलिका र उपासनाले आफूहरु नजिकको साथी भएको र दुवैको प्रेमी नभएको समेत रहस्य खोले उनीहरुले । उनीहरुले एक अर्काको मित्रता लामो समयसम्म चल्ने बताए । उनीहरुले, दुबै जनाको बानी ब्यहोरा पनि मिल्ने भएकाले साथी बन्न समय नलागेको सुनाए । उनीहरुको भेटघाटमा ‘साच्चिकै हामी प्रेममा छैनौं । साच्चै, हाम्रो व्याइफ्रेन्ड किन छैनन् ? भन्ने प्रश्नले केही बेर रमाइलो समेत बनाएको थियो ।

उपासनाले अभिनय गरेको ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ । खासमा यी दुइले करिअरमा फोकस गरेका कारण प्रेमी बनाउने समय नै नभएको निष्कर्ष निकालेका छन् । मलिकाले यात्रा र पानी फोटो गरेर २ फिल्ममा मात्रै काम गरेकी छिन् । उनको माग म्यूजिक भिडियोमा बढे्दो भएता पनि उनले छानेर मात्रै काम गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *