गायक प्रकाश सपुतले छोराको नाम किन यस्तो खतरा राखे ?

समाज

गायक एवं अभिनेता प्रकाश सपूतले आफ्नो छोराको नाम ‘प्रखर’ राखेका छन् ।गत कात्तिकमा उनकी पत्नी विन्दू बोहोराले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी थिइन् ।

प्रकाशले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत छोराको नाम ‘प्रखर’ राखेको जानकारी दिएका हुन् ।उनले ‘नामको कथा’ भन्दै लामो स्टाटस् लेखेका छन् । प्रकाश, शाहरुख र रोनाल्डोको नामबाट एक–एक अक्षर झिकेर शुद्ध नेपालीमा छोराको नाम ‘प्रखर !’ राखेको उनले उल्लेख गरेका छन् । ‘प्रखर’को अर्थ तिक्ष्ण, तेज, स्पष्ट ईत्यादी हुन्छ ।

उनले तीन पात्रबाट छोराको नाम राख्नुको कारणहरू​ उल्लेख गरेका छन् , जुन निकै रोचक लाग्छ ।लोक संगीत क्षेत्रका चर्चित सर्जक एवं गायक प्रकाश ‘परदेशी २’मार्फत चलचित्रको पर्दामा समेत देखिँदैछन् ।

यो पनि / नायिका सुहाना थापासँग फिल्म ‘भगवत् गीता’मा नायक धिरज मगरले काम गर्ने पक्का भएको छ । निर्माण टिम र धिरजविच आज औपचारिक रुपमा संझौता भएको छ । यो फिल्मको छायांकन मंसिर ९ गतेबाट सुरु गर्ने निर्माण टिमको योजना थियो ।

तर, नायक नै फाइनल नभएपछि निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले फिल्मको छायांकन सुरु गर्न सकेका थिएनन् ।तर, धिरजसँग पारिश्रमिकको कुरा समेत मिलेपछि उनलाई नै लिएर काम गर्ने निर्णय निर्माण टिमले गरेको हो ।

यो फिल्मलाई बैशाख १ गतेबाट रिलिज गर्ने योजनामा निर्माणपक्ष छ । नायिका सुहाना थापा र नायक धिरज मगरले एकसाथ काम गर्ने इच्छा व्यक्त गरेको एक बर्ष बढी भयो । धिरजसँग पारिश्रमिकको कुरा नमिलेपछि निर्माण टिमले नयाँ नायकको खोजी गरेको थियो । तर, अब भने धिरज नै थापा प्रोडक्शनमा भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *