काठमाडौ : एमाले नेतृ शान्ता चौधरी ले बालेनलाई संकेत गर्दै भनिन, ‘सुख सयलमा बसेका अल्लारे मान्छेलाई के थाहा दुखिको पिडा कस्तो हुन्छ भनेर!’ फेरि एमाले नेतृ शान्ता चौधरी भन्छिन, ‘सुकुमबासी समस्या समाधान आयोग बनेको छ, त्यसले आफ्नो काम गरोस बास्तबिक सुकुम्बासिको समाधान गरोस बाकिको छानबिन गरोस त्यतिन जेलत पखौन!
उनी फेरि थप्छिन, ‘हुकुमबासिको नामा सबै सुकुम्बासिलाइ अनायास गालिगलोज मा न उत्रौ एक फेरा त्यो समुदाय को ठाउमा आफु लाइ राखेर सोच्नुस त? मेरोत १० फेरा घरमा आगो लगाइदेको मान्छे १० फेरा डोजर लगाएर घर भत्काइदेको मान्छे मेरो जस्तो पिडा अरुले भोग्न नपरोस भने मात्र हो!’
तर, काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा सिङ्गो टिम लिएर अघि बढ्न थालेका छन्। उनी जस्ले जति विरोध र प्रतिरोध गरे पनि महानगर बस्ती हटाउनबाट पछि नहट्ने स्पष्ट गरेको छ। ‘ईन्द्रेको बाउ चन्द्रे आओस हामी डराउदैनौ’ उनी भन्छन्।