काठमाडौँ । राशी अनुसार व्यक्तिको स्वभाव आचरण फरक फरक रहेको छ। ज्योतिष शास्त्र अनुसार प्रेम सम्बन्धममा पनि राशी अनुसार फरक हुने कुरा बताइएको छ।त्यसकारण आज हामी तपाईहरुलाई कुन कुन राशी भएका व्यक्तिहरुको प्रेम सम्बन्ध बलियो हुन्छ भन्ने कुरा बताउन गइरहेका छौँ।
मिथुन र तुला : मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ। यी दुई राशी भएकाहरुको शारिरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।
सिंह र तुला : यी दुई राशी भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकेै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।
मेष र कुम्भ : हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशी भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन्।
वृष र वृश्चिक : एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशी भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन्।
वृष र कन्या : यी राशी भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिएको छ । उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ।
सिंह र धनु : एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन्।
कन्या र मकर : यी दुई राशी भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन्। एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।
मिथुन र कुम्भ : जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।