घण्टी पार्टीमा रबिलाई व्यापक धाधली र अनियमितता गरेको आरोप लगाउदै पार्टी छाड्दै

समाचार

काठमाडौ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर भाडभैलोअसन्तुष्टि मच्चिएको छ । समानुपातिक साम्सद बनाउदा व्यापक चलखेल , धाधली र अनियमितता भएको भन्दै केन्द्रीय नेताहरुले नै नेतृत्वमाथि आरोप लगाउदै पार्टी छाड्ने क्रम चलेको छ।

रास्वपाका केन्द्रीय सदस्य तथा समानुपातिकको खस आर्यको दोस्रो नम्बरमा रहेका गणेश कार्कीले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुआमालाई गुरुदक्षिण र आफ्ना कर्मचारीलाई अवसर दिएको आरोप लगाएका हुन् ।

‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

उता लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ग्यालेक्सी फोर के टिभीकी पूर्व कर्मचारीलाई समानुपातिक सांसद बनाएको छ । खस–आर्य पिछडिएको क्षेत्रबाट विनिता कठायतलाई समानुपातिक सांसद बनाएको हो । फेसन डिजाइनिङ अध्ययन गरेकी उनी रवि लामिछाने सोही टिभीमा कार्यरत रहेका बेला प्रशासन शाखामा काम गर्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *