रोनाल्डो गर्भ`मा हुँदा आमाले गर्भ`पतन गर्न गरि फाल्न चाहन्थिन् तर यसरि भाग्यले बचेका थिए रोनाल्डो

अन्तर्राष्ट्रिय समाचार

क्रिस्टियानो रोनाल्डो जन्म: ५ फेब्रुअरी १९८५ मा भएको थियो । पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा युभेन्टसका अग्रपङ्क्तिका फुट`बल खेलाडी हुन्। उनी पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी’ ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए।

उनले पाँच पटक बेलन डि’ओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइए`फए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बा`धिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ।

उनीलाई विश्व फुटब`लका सबैभन्दा महान खेलाडी`हरू मध्येका एक मानिन्छ। उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पुर्तु`गाल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रति`योगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपा|धीको रूपमा युइएफए युरो २०१६ जिताएका थिए।

उनी पुर्तुगालको राष्ट्रिय फुटबल टोलीको सबै`भन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।

स्पोर्तिङ सेपेबाट क्लब खेल जीवन आरम्भ गरेका रोना`ल्डोले आफ्नो उत्पादनशिल समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पि`यन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन् भने धेरै किर्तिमानहरू पनि बनाएका छन्। त्यस्तै पुर्तु|गालको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पुर्तुगाल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्।

रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ (विपक्षीलाई छक्याएर बल अगाडि बढाउने) क्षमता`बाट प्रभा`वित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टोलीबाट मुख्य टोलीमा बढुवा गरेका थिए। उनी एकै सिजनमा क्लबको १६ वर्ष मुनिको उमेर समूह, १७ वर्ष मुनिको उमेर समूह, १८ वर्ष मुनिको उमेर समूह, बी टिम र मुख्य टोलीबाट खेल्ने पहिलो खेलाडी बने।

सन २००२ अक्टोबर ७ मा उनले पोर्चुगलको प्रिमियर लिगाको पहिलो खेलमा दुई गोल गरे जुन खेलमा उनको टिम ३-० ले विजयी भयो। स्पोर्टिङ र म्यानचेस्टर युनाइटेड`बिच सन् २००३ अगस्टमा लिस्बनमा भएको खेलमा युनाइटेड ३-१ ले पराजित हुँदा युनाइटेडका खेलाडीहरू र प्रशिक्षक सर एलेक्स फर्गुसन रोना|ल्डोको खेल कौशल`बाट अत्याधिक प्रभावित भए।

यही खेलले रोनाल्डो`लाई युनाइटेडमा स्थानान्तरण गराउन मुख्य भूमिका खेल्यो। फर्गुसनले त्यतिबेला रोनाल्डो`लाई आफूले जीवनमा भेटेका सर्वोत्कृष्ट युवा खेलाडीमध्ये एक भनेका थिए। रोनाल्डो स्पोर्टिङ|बाट बाहिरिएको एक दशक पछि सन् २०१३ अप्रिलमा क्लबले उनलाई क्लबको १००,०००औँ सदस्य बनाएर सम्मान गरेको छ।

३६ वर्षे उमेरमा असम्भव ठानिने सन्तु|लित राखिए`को कम्मर, सुगठित शरीर, कम्युनिस्ट नेताको मूर्ति`जस्तै बलिया मांस`पेसीहरु, बास्केटबलका स्टार खेलाडी झै उफ्राई, अल्ट्रा म्याराथन धावकको जस्तै मुटु र बायाब्यान्ड गायक`को जस्तै हेराइ।

क्रिस्टियानो रोनाल्डोले शरीरका माध्यम`बाट आफ्नो परिचय दिने गर्छन्। जुन उनले व्यक्तिगत मिहिनेतमा तयार पारेको सम्पत्ति हो। भगवानले उनको फुटबल प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई बनायो तर रोनाल्डो यस उमेरमा पनि आफैँलाई फिट राख्नमा गर्व गर्छन्।

यिनै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमान`लाई बराबरी गरेका छन् । युरोपेली च्याम्पियन`सिप अन्तरगत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोल`लाई बरा`बरी गरेका हुन् । उनले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्दै टोलीलाई २-२ को बराबरी|सम्म पुर्याएका थिए ।

मदिरियन टापुमा एक गरिब परिवारमा रोनाल्डोको जन्म भएको थियो। त्यस गरिबीको परिधिभित्र उनको परिवार निकै कष्ट झेलिरहेको थियो। परिवारका उनीअघि तीन सन्तान थिए। सोही कारण उनकी आमा ग’र्भप’तन गराउन चाहन्थिन्।

तर १९८५ मा पोर्चुगलको कानुनले त्यसको अनुमति दिएन। जसकारण रोनाल्डोले संसार देख्न पाए। अंगोलन यु’द्धका अनुभवी उनका बुबा दिनभर मदिरामा टिल भएर बस्थे। यिनै ग’र्भ’पतन गराउन खोजिएका रोनाल्डोले आफ्नो अस्तित्वको ल’डाइँका लागि बच्चैदेखि संघर्ष गर्नुपर्यो। उनको लवजका कारण लिस्बनको स्पोर्टिङ एकेडेमीमा उनलाई जिस्क्याइन्थ्यो।

१८ वर्षको उमेरमा यही प्रतिभावान् बालक इंग्ल्याण्डकाे चर्चि|त क्लब म्यानचेस्टर युनाइडेटसँग अनुबन्धित भए। २००४ मा उनले पहिलोपल्ट युरोकप खेलेका थिए। त्यसबेला पोर्चुगल फाइनलमा पराजित भए पनि रोनाल्डोले आफूलाई भने अझै अब्बल बनाइ`रहेका थिए।

आफ्नो खेलको विश्लेषण गर्ने क्षमता`युक्त रोनाल्डोले आफ्नो बलियो पक्ष खुट्याइसकेका थिए। त्यो उनको स्टेप ओभर (बल नछोइकन खुट्टाले विपक्षीलाई झुक्याउने कला) हो। जसले उनलाई विश्वकै सर्वोश्रेष्ठ खेलाडी बनायो।

त्यसबाहेक उनी`सँग उत्कृष्ट दौडिने, ट्याकल गर्ने, फ्रिकिक प्र’हार गर्ने क्षमता थिएन। तर स्टेप ओभर आफ्नो बलियो पक्ष रहेको बुझेका उनले दैनिक रूपमा त्यसको अभ्या`स गर्दै आफूलाई तिखार्थे। सुरु|वातमा पातलो शरीरका रोनाल्डो`लाई कसैले पनि यति लामो करि`अरमा अघि बढ्लान् भन्ने सोचेकै थिएनन। तर उनी ४५ सेकेन्डमा १४२ सेटअप (व्यायाम) गर्थे, छुट्टीका दिन पनि व्याया`म गर्दै उनले आफ्नो शरीर`लाई कसिलो र लोभलाग्दो बनाए।

पोर्चुगल इन्स्टिच्युट फर इन्टरनेसनल रिलेसन एण्ड सेक्यु`रिटीकी एक राजनैतिक वैज्ञानिक राकेल वाज–पिन्टो भन्छिन्, ‘आर्थिक संकटबाट पोर्चुगल छाड्नेहरुका लागि रोनाल्डो रोल मोडल बनेका छन्। यदि तपाईंसँग प्रतिभा, महत्त्वाकांक्षा छ र तपाईं त्यागगर्न सक्नु`हुन्छ भने तपाईं सफल बन्नुहुन्छ भन्ने उदाहरण रोनाल्डोले प्रस्तुत गरेका छन्।’

बायाँ घुँडामा लागेको चोटका कारण २०१४ मा रोनाल्डोको करिअर दाउमा लागेको थियो। त्यस|बेला उनले अलराउण्डर`बाट आफू|लाई स्कोरिङ सेन्टर फरवार्डमा बदल्दै चतुर्याइँ देखाए। त्यसपछि रोनाल्डो गोलअघि एक प्रहार गर्छन्। त्यसबाहेक बलको जिम्मे|वारी भने आफ्ना साथीहरुलाई छोडिदिन्छन्।

युरो २०१६ मा रोनाल्डोले पोर्चुगललाई पहिलो|पटक कुनै मुख्य प्रतियोगिताको फाइ`नलमा पुर्याएका थिए। तर विडम्बना फाइनलमा रोनाल्डो २५औँ मिनेटमा घाइ`ते हुँदै मैदान छाड्नुपर्यो।

तर उनी चुपचाप बेन्चमा बसेनन्। यसरी सक्रिय थिए कि टचलाइनमा रहेका प्रशि`क्षक नै उनका अघि फिक्का देखिए। पोर्चुगलले फ्रान्स|लाई हराउँदै उपाधि पनि जित्यो। उक्त ट्रफी`लाई रोनाल्डोले आफ्नो करिअरकै यादगार क्षणका रुपमा चित्रित गर्ने गर्छन्। – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *