गोल्डेन बुटका लागि मेस्सीले बढाए रफ्तार, हाने सानदार जम्प !

खेलकुद

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन्। मेस्सीले अर्जेन्टिनाका अहिले सम्मका सबै खेलमा आफ्नो उत्कृष्ट दिरहेका छन्। उनकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले सेमिफाइनलको यात्रा तय गरेको छ।

अर्जेन्टिना अब विश्वकपको फाइनलबाट एक कदम मात्रै पछि छन्। सेमिफाइनलमा क्रोएसियालाई पराजित गर्न सकेको खण्डमा मेस्सी र अर्जेन्टिना फाइनलमा हुनेछन्। गए राति क्रोएसियाले ब्राजिललाई पराजित गर्दा अर्जेन्टिनाले नेदरल्याण्डस्लाई पराजित गर्यो।

नाटकीय खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो ।

मेस्सीले क्वाटरफाइनल अन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलमा पेनाल्टी गोल गर्न सफल भएका थिए। पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले दिएको पेनाल्टीको अवसरलाई मेस्सीले खेर जान दिएनन्। गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै गोल गरेका थिए।

सो गोलसँगै जारी विश्वकपमा मेस्सीको गोल संख्या चार पुगेको छ। यो विश्वकपकै दोस्रो बढी हो। मेस्सी गोल्डेन बुट दौडमा दोस्रो स्थानमा रहेका छन्। मेस्सी भन्दा अगाडी फ्रान्सका किलियन एम्बाप्पे छ। एम्बाप्पेले अहिले सम्म पाँच गोल गरिसकेका छन्।

गोल्डेन बुटको दौडमा मेस्सीलाई गोन्कालो रामोस, ओलिभर जिरुड, बुकायो साका र मार्कस रासफोर्डले पछ्याइरहेका छन्। यी सबैले अहिले सम्म तीन गोल गरेका छन्। आउने खेलहरुमा थप गोल गरेको खण्डमा मेस्सीले गोल्डेन बुट नजित्लान् भन्न सकिन्न।

अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी कतारमा जारी विश्वकप फुटबलमा तेस्रोपटक म्यान अफ् द म्याच अवार्ड चुनिएका छन् ।आज भएको क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइनल प्रेवेश गरेको खेलमा मेस्सी म्यान अफ् द म्याच घोषित भएका हुन् ।

यस विश्वकपमा मेस्सीले तेस्रोपटक बेस्ट प्लेयर अफ् द म्याचको अवार्ड जितेका हुन् । यसअघि उनले दुईपटक म्यान अफ् द म्याच म्याच अवार्ड जितिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *