रोनाल्डोले विश्वकप टिम छाड्ने धम्की दिएका हुन् र ?

खेलकुद

काठमाडौं । पोर्चुगल फुटबल फेडेरेसन (एफपीएफ)ले टिमका सबैभन्दा अनुभवी खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप टिम छाड्ने धम्की नदिएको बताएको छ ।
एफपीएफले भनेको छ, ‘क्रिष्टियानो रोनाल्डोले कतारमा रहँदाका समयमा कहिल्यै पनि राष्ट्रिय टिम छाड्ने धम्की दिएका छैनन् । क्रिष्टियानोले राष्ट्रिय टिम र देशका लागि एक अद्वितीय कीर्तिमान बनाएका छन् । त्यसको सम्मान गर्नुपर्छ, ।’

रोनाल्डोले विश्वकप अन्तिम १६ अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा आफूलाई बेन्चमा राखे टिम छाड्ने धम्की दिएको दाबी पोर्चुगिज अखबार रेकर्डले ३७ले गरेको थियो ।

विश्वकप क्वाटरफाइनलमा शनिबार पोर्चुगलले मोरक्कोसँग खेल्नेछ । रोनाल्डोले मंगलबारको खेलपछि टिमको प्रशिक्षणमा सहभागिता जनाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *