छात्तिमा हात राखेर भन्छु ओली जस्तो नेता पाउँनु भनेको नेपालीहरुको लागी सौभाग्य हो

समाचार

काठमाडौं, महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तो भिजन भएको नेता नरहेको भन्दै ओलीलाई साथ दिन अपिल गर्नुभएको छ ।एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता ओली नै रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

‘आजको राजनीतिक परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ,’ अन्तवार्ताको क्रममा महालले भन्नुभएको छ ।

हमालले आफू नेकपा एमालेको कार्यकर्ता वा समथृन नभएको तर ओलीको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निश्कर्षमा पगेको पनि बताउनु भएको छ ।

‘एउटा नेतामा हुनुपर्ने गुण केपी ओलीमा छ । एउटा नेतामा हुनुपर्ने गुण उहाँमा छ, केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ ।उहाँ सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ ।

समाजमा बिभिन्न पक्ष हुन्छ, ती सवैमा केपी ओली निपुन हुनुहुन्छ,’ हमालले भन्नुभएको छ, ‘आजको घडीमा नेपाललाई नेतृत्व गर्न केपी ओली असाध्यै सक्षम हुनुहुन्छ ।म एमाले बनेको छैन, बन्ने संभावना पनि छैन तर केपी ओली राम्रो नेता हो, उहाँलाई साथ दिनुपर्छ भन्ने कुरा म ढुक्क साथ भन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *