अर्जेन्टिना-पोर्चुगल (मेस्सी-रोनाल्डो) विश्वकप फाइनलमा भिड्ने सम्भावना !

खेलकुद

काठमाडौं।लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका महान खेलाडीमा पर्छन्। आधुनिक युगका दुई भगवान समान खेलाडी हाल विश्वकप २०२२ मा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै छन्। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई र रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई अन्तिमा ८ सम्म पुर्याएका छन् ।

कतार विश्वकप २०२२ को क्वाटरफाइनलमा पुग्ने सबै ८ टोली कै नाम आइसकेका छन्। पहिलो क्वाटरफाइनलमा शुक्रबार ब्राजिल र क्रोएसिया भिड्दैछन् भने शुक्रबार नै हुने दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स बीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेलका विजेता फाइनल प्रवेशका लागि सेमीफाइनल चरणमा भिड्नेछन्।

त्यस्तै, शनिबार हुने अर्का दुई क्वाटरफाइनलमा पोर्चुगल र मोरोक्कोका साथै फ्रान्स र इंग्ल्याण्ड एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यी दुई खेलका विजेता फाइनल खेलमा पुग्न भिड्नेछन्।मेस्सीको अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पराजित गरे मेस्सीको अर्जेन्टिनाले सेमीफाइनल चरणमा ब्राजिल र क्रोएसियाको विजयसँग खेल्ने छ।सेमीफाइनल चरणमा ब्राजिल र क्रोएसिया सँगको विजय सँग सेमीफाइनमा विजय भए फाइनल प्रवेश गर्ने छ।

पोर्चुगलले सेमीफाइनल प्रवेशको लागि शनिबार मोरोक्कोसँग खेल्दै छन।यस मोरोक्कोसँग पोर्चुगलले विजय हासिल गरे मात्र सेमीफाइनल प्रवेश गर्ने छ।क्वाटरफाइनलमा जुन टिम पराजित हुन्छ तो टिम यस विश्वकपबाट बाहिरीने छ। मोरोक्कोसँग विजय भए पोर्चुगलले सेमीफाइनलमा फ्रान्स र इंग्ल्याण्डको विजय टोली सँग खेल्ने छन्।यदि यस खेलमा पराजित भए अर्को सेमीफाइनलमा पराजित टिम संग तेस्रो स्थानको लागि खेल्ने छ।

यस्तोमा, मेस्सीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल फाइनलमा भिड्ने सम्भावना रहेको छ।यदि हरेक फुटबल समर्थकको चाहना मेस्सी र रोनाल्डोलाई विश्वकप फाइनलमा हेर्नु रहेको छ।

यदि अर्जेन्टिना र पोर्चुगल दुवैले आ-आफ्ना दुई खेल जितेको खण्डमा फुटबल जगतको यो सपना पूरा हुनेछ।यद्यपी दुवै टोली सेमीफाइनलमा आ-आफ्नो खेल गुमाउँन पुगे भने तेस्रो स्थानको खेलका लागि यी दुई सुपरस्टार खेलाडी एक आपसमा भिड्नेछन्। के तपाईं पनि अर्जेन्टिना र पोर्चुगल बीच विश्वकप फाइनल हेर्न चाहनुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *