आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्। उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौं महानगर-१० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्। उक्त घरका युवकसँग उनको गत भदौमा इन्गेजमेन्ट भएको थियो।
तर केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्ट टुटाएको मृतकका आफन्तको भनाइ छ। त्यसपछि आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको मृतकका काका उत्तम न्यौपानेले बताए। ‘उनीहरूले बारम्बार फोन गरेर सामान लिन बोलाएपछि पुष्पा त्यहाँ पुगेकी थिइन्। उनीहरूको घरअगाडि नै हाम्री छोरी जलिन्,’ उनले भने, ‘२० मिनेटसम्म पनि उनी ज’लिरहिन्। तर उनीहरूले बचाएनन्।’
पछि केटाका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी उनी जलेको जानकारी गराएका थिए। तर उनीहरूले अस्पताल नपुर्याई मर्न दिएको आ’ रोप पुष्पाका परिवारको छ। पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृ’ त्यु भएको हो।
पुष्पाले आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले बताएको छ। यद्यपि केटा पक्षको परिवारले जलेको देख्दा पनि उद्धार नगरेको हुँदा आत्महत्या नभएको उत्तम बताउँछन्। पुष्पाका परिवारले इन्गेजमेन्ट तोड्ने केटासहित उनको परिवारका चार जनाविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएको थियो।