पल शाह जेलबाट निस्किए लगतै फ्लिम बनाउने योजनामा

समाचार

काठमाडौं : पल शाह यतिबेला जेलमा छन् । उनि नेपाली व्यावसायिक अभिनेता र मोडल हुन्। उनको पहिलो भिडियो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनाएको थियो। उनले नेपाली चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४बाट पर्दापण गरेका थिए। पछि उनले प्रेम प्रसङ्गयुक्त नाटक चलचित्र म यस्तो गीत गाउँछु, एक्सन चलचित्र जोनी जेन्टलम्यान र पारिवारिक नाटक चलचित्र शत्रु गतेमा अभिनय गरेका थिए।

‘म यस्तो गीत गाउँछु’को सिरिज ‘म यस्तो गीत गाउँछु २’ बन्यो । दशृकले पनि खुबै मन पराए । तर ‘म यस्तो गीत गाउँछु ३ ’ बनाउने सोचमा रहेका निर्माता निर्देशक सुदर्शन थापाले पल जेल जानु अघि भने पल शाह र पूजा शर्माको जोडी नै ‘म यस्तो गीत गाउँछु ३ ’मा दोहोरीने बताएका थिए ।

तर रोमान्टिक लभस्टोरी फिल्म निर्देशनमा स्थापित सुदर्शन थापाको साथमा अहिलेल चकलेटी हिरो पल शाह छैनन् । दोस्रो श्रृंखला रिलिजको मुखमा पल कानुनी झमेलामा फसेका पल कहिले बाहिर निस्कन्छन्, कुनै टुंगो छैन । र, ‘म यस्तो गीत गाउँछु ३’ कहिले बन्छ भन्नेमा पनि टुंगो छैन । अहिले सुदर्शनको पाइपलाइनमा तीनवटा फिल्म छन् । ती फिल्मपछि मात्र ‘म यस्तो गीत गाउँछु ३’को बारेमा सोच्न सकिने उनको भनाई छ ।

उनले तेस्रो सिरिजका लागि पललाई पर्खिरहेको आशय पनि व्यक्त गरे । ‘म यस्तो गीत गाउँछु ३’ निर्माणको कुरा के हुँदैछ भन्ने प्रश्नमा निर्देशक थापाले हाल आँफु अन्य प्रोजेक्टमा ब्यस्त रहेका कारण र पल शाह पनि जेलबाट निस्किएपछि थप छलफल गरेर अघि बढ्ने उनले बताए । निर्देशक थापाका अनुसार पल निस्केपछि फिल्मका लागि पहिलो रोजाई उनी नै हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *