अस्पतालमा छन् पेले, भावुक हुँदै नेयमारले गरे भगवानसँग यस्तो कामना !

खेलकुद

एजेन्सी । ब्राजिलका विख्यात फरवार्ड नेयमार डा सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिणकोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका महान् खेलाडी पेलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन् । सोमबार साँझको खेलसकिएपछि ब्राजिलका खेलाडीले ८२ वर्षीय वृद्ध पेलेको तस्बिरसहितको ब्यानर बोकेर फोटो पत्रकारलाई पोज दिएका थिए ।

फोटो खिचाउँदै नेयमारले भने–“पेलेलाई के भइरहेको छ, भन्न कठिन छ, हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ, हामीलाई विश्वास छ हाम्रो यो विजयबाट उहाँलाई सहज महसुस हुनेछ ।”

साथै खेलाडी नेयमारले आफूलाई गोलीगाँठाको समस्या नभएको, आफ्नो उपचारमा संलग्न चिकित्सकहरूप्रति आभार व्यक्त गर्दै अर्को प्रतियोगिताका निम्ति आफू तत्पर रहेको बताए ।

आफ्ना ब्राजिली तथा अन्य प्रशंसकहरूलाई आश्वस्त पार्दै उनले खेलमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । ब्राजिलको जितसँगै उनका प्रशंसक एवम् समर्थकले ब्राजिललाई बधाई दिँदै हर्षोल्लासका साथ अद्भूत उत्सव मनाएका थिए ।

प्रि-क्वाटरफाइनलको जितलाई ब्राजिलले गए राति ब्राजिलका महान् फुटबलर पेलेका लागि समर्पित गर्यो। ब्राजिलका खेलाडीहरुले पेले लेखेकाे ब्यानर मैदानमा प्रदर्शन गर्दै जित पेलेमा समर्पित गरेका हुन्। उनीहरुले आफ्नाे देशकाे महान खेलाडीलाई सम्मान दिने क्रममा स्वास्थ्य लाभकाे पनि कामना गरेका थिए।

पेलेको स्वास्थ्य गएको केहि समय देखि त्यति राम्रो रहन सकिरहेको छैन। पेले निरन्तर चिकित्सकको निगरानीमा रहेका छन्। खबरका अनुसार पेले खतरा बाहिर छन्।

उनी अहिले पहिला भन्दा राम्रो महसुस गरिरहेको बताइन्छ। पेलेले केहि दिन अगाडी मात्रै सामाजिक संजाल मार्फत आफ्नो स्वास्थ्य राम्रो रहेको र आराम गर्दै विश्वकप हेरिरहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *