फेसबुक मेसेन्जरमा आफुलाई ब्लक गरेको थाहा पाउने तरिका ?

Tips

काठमाडौं,तपाईँलाई कसैले फेसबुकमा ब्लक गर्‍यो भने कम्पनीले त्यसको जानकारी दिँदैन । तर, मेसेन्जरबाट तपाईँलाई तपाईँको साथीले ब्लक गरेको वा नगरेको जानकारी पाउन सकिन्छ ।हामी यहाँ तपाईँलाई कसैले फेसबुकमा ब्लक गरेको कसरी थाहा पाउन सकिन्छ भन्ने कुराको जानकारी दिँदै छौँ ।

फेसबुक ब्लक र मेसेन्जर ब्लक फरक कुरा हो । यदि तपाईँलाई कसैले फेसबुकमा ब्लक गर्‍यो भने तपाईँले उक्त व्यक्तिलाई न मेसेज पठाउन सक्नुहुन्छ, न त पोस्ट देख्न नै सक्नुहुन्छ । तर, मेसेन्जरमा मात्र ब्लक गरेको छ भने मेसेज पठाउन मिल्छ । तर उसलाई​ जानकारी हुँदैन । साथै मेसेन्जरमा मात्र ब्लक गर्दा उक्त व्यक्तिका फेसबुकका गतिविधि भने देख्न सकिन्छ ।

यदि तपाईँलाई कुनै साथीले ब्लक गरेको शङ्का लागेको छ भनेको तलको प्रक्रिया अपनाएर थाहा पाउन सक्नुहुन्छस्

-सबैभन्दा पहिले फोनमा मेसेन्जर एप खोल्नुहोस् ।-त्यसपछि माथि रहेको सर्च बारमा उक्त साथीको नाम सर्च गर्नुहोस् ।-तपाईँले खोजेको साथीको नाममा ट्याप गरेर मेसेज पठाउनुहोस् ।-मेसेज पठाइसकेपछि सेन्ट भएको देखिन्छ ।

(केही समयपछि पुनः उक्त मेसेज चेक गर्नुहोस् । यदि माथिको फोटोमा जस्तै देखिएको सेन्ट टिक देखिन्छ भने ब्लक गरेको छ भन्ने बुझ्नुपर्छ ।

यदि मेसेजको तल बोल्ड टिक मार्क ९डेलिभरी टिक मार्क० देखिएको छ भने पनि ब्लक गरेको छैन भन्ने बुझ्नुपर्छ ।यस्तै मेसेन्जरको वेब भर्सनबाट पनि कसैले ब्ल्क गरेरनगरेको हेर्न सकिन्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्स्

-सबैभन्दा पहिले ब्राउजरमा फेसबुक खोल्नुहोस् ।-त्यसपछि मेसेन्जरको आइकनमा जानुहोस् ।-अनि, उसलाई मेसेज पठाउनुहोस् ।

-यति गरेपछि मेसेजको छेउमा सेन्ट टिक मार्क देखिन्छ । त्यो टिक मार्क गोलो रेखाभित्र रहेको देखिन्छ । केही समयपछि पुनः त्यो मेसेज हेर्नुहोस् । यदि त्यस्तै टिक मार्क देखिएको छ भने मेसेन्जर ब्लक गरेको छ भन्ने बुझ्नुपर्छ ।

यदि बोल्ड टिक मार्क देखिएको छ भने मेसेज गएको छ । तर, उक्त व्यक्तिले मेसेज हेरेको छैन भन्ने बुझ्नुपर्छ । त्यसबाहेक पनि फेसबुक प्रयोगकर्ताले मेसेज रेस्ट्रिक्ट गरेका हुन सक्छन् । पहिले इग्नोर नामका रहेको उक्त फिचर अहिले ुरेस्ट्रिक्टु नाममा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *