काठमाडौंको इन्द्रचोकमा झगडा, छुरा प्रहारबाट एकको मृत्यु

समाचार

काठमाडौं, मंसिर १९ –

काठमाडौंको ईन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ । झडपमा अर्का एक जना चिनियाँ घाइते भएका छन् । आइतबार दिउँसो ईन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच झगडा भएको प्रहरीले जनाएको छ ।

झडपमा ३७ वर्षीय फेङ जेङयुङले दुई जनालाई चक्कु हानेर घाइते बनाएका छन् । घाइते हुनेमा ३२ वर्षीय ली चुजान र २९ वर्षीय गान साउजिओङ रहेका छन् । लीको पेटमा गहिरो चोट लागेको छ । गानको पेट, छाती टाउकोको दायाँ भागमा चोट लागेको छ ।

गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । लीको उपचार भइरहेको छ । चक्कु हान्ने फेङलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबीच ईन्द्रचोकको बाटोमा विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन् । उनीहरू नेपालमा घुम्न आएका थिए । बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद भएपछि अपराधको घटना भएको छ ।

उनीहरू दुई वर्ष जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *