मेस्सीलाई उछिन्दै गोल्डेन बुटको प्रबल दावेदार बन्दै एम्बाप्पे

खेलकुद

काठमाडौँ । विश्वकप फुटबलमा राउण्ड १६ का खेलहरु जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी फ्रान्सका किलियन एम्बाप्पे पुगेका छन् ।एम्बाप्पेले राउण्ड १६ को खेलमा पोल्याण्डविरुद्ध २ गोल गर्दैयस विश्वकपमा कुल ५ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी पुगेका हुन् ।

एम्बाप्पेले २०१८ को विश्वकपमा कुल ४ गोल गरेका थिए भने यस विश्वकपका ४ खेलमा ५ गोल गरिसकेका छन् । अब फ्रान्स क्वाटरफाइनलमा पुगिसकेकाले यस विश्वकपको गोल्डेन बुटको दाबेदारमा एम्बापेलाई नै हेरिएको छ ।

त्यस्तै यस दौडमा अहिलेसम्म ३-३ गोल गरेर ७ खेलाडीले पछ्याइरहेका छन् । जसमा अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरोउड, ईङल्याण्डका मार्कस राशफोर्ड, बुकाया साका, स्पेनका अल्भारो मोराटा र नेदरल्याण्डका कोडी गाक्पो रहेका छन् ।त्यस्तै इक्वेडरका इनर भलेन्सियाले पनि ३ गोल गरेका छन् । इक्वेडर विश्वकपबाट बाहिरीएकाले भलेन्सिया भने अब गोल्डेन बुटको दौडबाट बाहिर रहेका छन् ।

त्यस्तै २-२ गोल गरेर गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका जुलियन अल्भारेज, ब्राजिलका रिचार्लिशन, नेदरल्याण्डसका आन्द्रेज क्रामारिक, जापानका रिटसु दोआन, पोर्चुगलका ब्रुनो फर्नानडेज, दक्षिण कोरियाका चो गुए संग, स्पेनका फेरान टोरेज र स्वीजरल्याण्डका ब्रील एम्बोलो रहेका छन् ।

ओलिभर जिरुड र केलिएन एमबाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई ३(१ गोलअन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने एमबाप्पेले दोस्रो हाफमा दुई गोल थपे ।

खेलको अन्तिम मिनेटमा पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए । जिरुडले ४४औं मिनेटमा किलिएन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

उक्त गोलपछि जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । उनले ५१ गोल गरेका थियरी हेनरीलाई पछि पारे । पहिलो हाफमा फ्रान्सले पाँच सट टार्गेटमा हाने पनि एक गोल मात्र भएको थियो ।

७४औं मिनेटमा किलिएन एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । जारी विश्वकपमा उनको यो चौथो गोल हो । २४ वर्ष पुग्नुअघि नै विश्वकपमा ८ गोल गर्ने पहिलो खेलाडी बन्दै एमबाप्पेले कीर्तिमान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *