काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् । काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत हराएर सानदार चुनाव जिते पछि सोविताको चर्चा चुलिएको हो ।
सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी ओनसरी घर्ती दोस्रो पनि हुन सकिनन् उनी चौथौ भइन् । सभामुख समेत भइसकेकोे र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री समेत हुन सक्ने भनेर ओनसरीको बिज्ञापन गरे पनि काठमाडौँ २ का जनताले भोट दिएनन् उनी नमज्जासँग पराजित भइन् ।
काठमाडौँ २ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् पराजित भए । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो ।
जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन । सांसद फेरिरहने काठमाडौँ २ ले ५ बर्षका लागी सोबितालाई आफ्नो जनप्रतिनिधीको रुपमा चुनेको छ । प्रत्यक्ष तर्फ निकै कम मात्रै महिला निर्वाचित भइरहेको अवस्थामा रास्वपाबाट मात्रै दुई जना महिलाहरु प्रत्यक्ष निर्वाचित भएका छन् ।
काठमाडौँ २ बाट सोबिता गौतम र ललितपुर ३ बाट डा तोसिमा कार्की भारी मतले निर्वाचित भएका छन् । पेसाले सोबिता वकिल हुन् भने तोसिमा डाक्टर । २७५ सदस्यीय प्रतिनिधी सभामा सोबिता सबैभन्दा कान्छी सांसद भएकी छिन् ।
सम्भवत २७ बर्षको उमेरमा प्रत्यक्ष निर्वाचित हुने महिलामा आज सम्मकै रेकर्ड उनले बनाएकी छिन् । तर्कपुर्ण र आकर्षक वाककलाका कारण पनि उनको चर्चा धेरै भएको छ । सानै उमेरमा माननीय बन्न सफल सोबिताले लामो राजनितीक यात्रा तय गर्ने निधो गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ की जाँदैन यकिन भएको छैन। पार्टी सरकारमा गएमा र मौका पाएमा कानुन मन्त्रालय या संचार मन्त्रालय हाक्ने सक्ने उनले बताएकी छिन् । पेसाले वकिल भएको र लामो समय संचारकर्ममा पनि रहेका कारण संचारमन्त्री बने पनी राम्रो काम गर्न सक्ने उनले बताएकी छिन् ।
सोबिताको सपनाको आकार अलि लामै छ । कुनै दिन नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना समेत उनले बनाएकी छिन् । एक टेलिभिजन कार्यक्रममा राजनितीक भविश्यबारे सोधिएको एक प्रश्नको जवाफ दिँदै सोबिताले भनेकी छिन् के थाहा एक दिन यो देशको पहिलो महिला प्रधानमन्त्री पो बन्छु की ! अहिले सम्म कोहि बनेको छैन क्यारे !
नेपाल टेलिभिजनको एक अन्तवार्ताका क्रममा सोबिताले आफ्नो पारिवारिक राजनितिक / पृष्ठभूमि, भावी योजना लगायतका बिषयमा खुलेर कुराकानी गरेकी थिइन् । दोलखाको जफे जामुनेमा जन्मिएर काठमाडौँ आएर गरेको संघर्ष र सफलताको कथा उनले सेयर गरेकी थिइन् ।
कुनै समय नेपाल टेलिभिजनमै कार्यक्रम प्रस्तोताको रुपमा काम गर्ने सोबिता माननीय सांसदको हैैसियतमा एनटिभीमै अन्तवार्ता दिन पाउनु आफैँमा गौरवुर्णक्षण थियो । उनले उक्त अन्तवार्तामा सबै बिषयमा खुलेर जवाफ दिएकी थिइन् । कार्यक्रमको अन्तिम तिर प्रस्तोताले उनलाई प्रश्न गरे -लभ परेको छ की छैन ?
अविवाहित सोविताले केहि केहिक्षण रोकिँदै सहज जवाफ दिइन् -‘लभ.. परेको छ, । उक्त अन्तवार्ताको क्लिप अहिले टिकटकमा भाइरल भएको छ । कान्छी माननियको चर्चा यत्रतत्र सर्वत्र चलिरहेको छ ।