यी व्यक्तिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीमा तनाब

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाही गर्न माग गर्दै केन्द्रीय कार्यलयमा पत्रचार गरिएको छ ।न्यौपानेले समानुपातीक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारेर निर्वाचनको अन्तिम समयमा अन्य पार्टीको उम्मेदवारसँग भेट गराएर सेटिङ गरेको भन्दै उनलाई कारबाही गर्न माग गरिएको हो ।

न्यौपानेको सेटिङले आफ्ना उम्मेदवारलाई ठुलो क्षति पुगेको भन्दै बागमती प्रदेश कोषाध्यक्ष तथा मकवानपुर क्षेत्र नंबर १ का उम्मेद्वार टाकाराज थापा, क्षेत्र नंबर २ का उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला, सचिव रामप्रसाद अर्याल, समानुपातिक उम्मेदवारहरु नुरमान प्रजा, सुनिता राई सहित ४७ जनाले हस्ताक्षर गरि केन्द्रीय समितिमा निवेदन दिएका हुन् ।

पत्रमा न्यौपानेलाई कारबाही नगरिए आफुहरुले पार्टी छाडने चेतावनी समेत दिईएको छ । न्यौपानलेले मकवानपुर २‘२’का उम्मेदवार एवम नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँसँग सेटिङ गरेको आफुहरुसँग प्रमाण समेत रहेको भन्दै यस्तो प्रवृत्तिले स्वतन्त्र पार्टीको मूल्य मान्यतामा असर परेको थापाको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *