जीयासँगको बिहेबारे यसो भन्छन् भूवन केसी

मनोरंजन

नायक भूवन केसी बुधबार आफ्नी प्रेमिका जीया केसीको साथमा नायक सलोन बस्नेतको निमन्त्रणा स्विकार गर्न हायात प्यालेस पुगे । भूवन र जीया सार्वजनिक कार्यक्रममा पछिल्लो समय एकसाथ हिड्न थालेका छन् । निक्कै नै राम्री भएर हिडेकी जीया कम बोलिन् । कुनै समय मिडियामा अन्तरवार्ता दिएर नथाक्ने जीया एक दशकदेखि मिडियाबाट टाढा छिन् ।

केही हप्ता अगाडि अमेरिकामा रहेको समयमा नायक भूवन केसीले जीयासँग बिहे गर्ने बताएका थिए । बुधबार पनि भूवनले यही प्रश्नको सामना गर्नुपर्यो । यो बिषयमा कुरा मोड्दै भूवनले भने–‘यो सबै कुरा समयले नै बताउनेछ । आज हामी छोरा सलोन बस्नेतको बिहेमा आएका छौं । यसैले, यही बिहेलाई नै सेलिब्रेट गरौं होला ।’

भूवनले छोरा अनमोल केसीको बिहेको बिषयमा पनि केही बोलेनन् । उनले, यो प्रश्न अनमोललाई नै सोध्न आग्रह गरे ।एक दशकदेखि भूवन र जीया लिभिङ टूगेदरमा छन् । कुनै समय एक अर्काको सम्बन्ध लुकाउने भूवन र जीया विगत केही समयदेखि भने खुलेरै प्रेमलाई व्यक्त गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *