धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो अब १ स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।’
बाजुरा : कांग्रेस उम्मेदवार बद्री पाण्डेले बढाए मतान्तर
एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ ।मत विवादका कारण निर्वाचनको ११ औं दिनमा सुरु गरिएको मतगणना अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् ।निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणानअनुसार २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका पाण्डेले ११ हजार ७६ मत पाएका छन् ।