आजबाट हुने राउण्ड अफ १६ मा जानौं कसले को सँग खेल्ने ?(पूर्ण तालिकासहित)

खेलकुद

शनिबार बिहान समूह ‘जी’ अन्तर्गतको दुई खेल सक्किएसँगै २२औं संस्करणको फिफा विश्वकप अन्तर्गत लिग चरणका खेलहरु सक्किएका छन् ।

नोभेम्बर २० तारिखबाट शुरु भएको फिफा विश्वकप २०२२ अन्तर्गत लिग चरणमा सहभागि ३२ राष्ट्रहरुलाई चार चार राष्ट्र गरी ८ वटा समूहमा विभाजन गरिएको थियो । लिग चरणमा यस विश्वकपका कुल ६४ खेलमध्ये ४८ वटा खेलहरु भए ।

प्रत्येक समूहबाट विजेता र उपविजेता टोलि अर्थात १६ राष्ट्रहरुले नकआउट चरण वा प्रि–क्वार्टरफाइनल चरणमा स्थान पक्का गरिसकेका छन् । लिग चरणबाट ठूला राष्ट्रहरु जर्मनी, बेल्जियम, उरुग्वे, मेक्सिको र डेनमार्क बाहिरिन बाध्य भएका छन् ।

समूह ‘ए’ बाट नेदरल्याण्ड्स र सेनेगल, समूह ‘बी’ बाट इङ्गल्याण्ड र अमेरिका, समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्याण्ड, समूह ‘डी’ बाट फ्रान्स् र अष्ट्रेलीया। समूह ‘ई’ बाट जापान र स्पेन, समूह ‘एफ’ बाट मोरक्को र क्रोएशिया, समूह ‘जी’ बाट ब्राजिल र स्ट्जिरल्यणड तथा समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरियाले राउण्ड अफ १६ मा स्थान बनाएका छन् ।

कतारमा अत्यधिक गर्मिका कारण नोभेम्बर डिसेम्बर महिनामा भइरहेको विश्वकप पम्परागतभन्दा छोटो समयमा सक्किदैछ । अधिकांश डेढ महिना लामो अवधि रहने विश्वकप यसपटक २८ दिनमा सक्किदैछ ।

तसर्थ लिग चरणका खेलहरु हिजो शुक्रबार सक्किएपनि आज (शनिबार) बाट नै राउण्ड अप १६ चरणको खेलहरु संचालन हुँदैछ । प्रत्येक दिन राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् । यहाँबाट खेलहरु जकआउट फर्मयाटमा खेलाइनेछ ।

निर्धारित ९० मिनटको समयमा दुबै टोलिको नतिजा बराबरी भएमा अतिरिक्त समय १५–१५ मिनटको दुई हाफ गरी आधा घण्टा चल्नेछ । अतिरिक्त समयले पनि नतिजा नआएमा खेलको नतिजा पेनल्टी शुटआउटबाट निर्धारण हुनेछ ।

राउण्ड अफ १६ को खेल तालिकाः

डिसेम्बर ३ः नेदरल्याण्ड्सविरुद्ध अमेरिका (राति ०८ः४५ बजे)
डिसेम्बर ४ः अर्जेन्टिनाविरुद्ध अष्ट्रेलीया (बिहान ००ः४५ बजे)
डिसेम्बर ४ः फ्रान्सविरुद्ध पोल्याण्ड (राति ०८ः४५ बजे)
डिसेम्बर ५ः इङ्गल्याण्डविरुद्ध सेनेगल (बिहान ००ः४५ बजे)
डिसेम्बर ५ः जापानविरुद्ध क्रोएशिया (राति ०८ः४५ बजे)
डिसेम्बर ६ः ब्राजिलविरुद्ध दक्षिण कोरिया (बिहान ००ः४५ बजे)
डिसेम्बर ६ः मोरक्कोविरुद्ध स्पेन (राति ०८ः४५ बजे)
डिसेम्बर ७ः पोर्चुगलविरुद्ध स्विट्जरल्याण्ड (बिहान ००ः४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *