सुकुम्बासी प्रकरणपछि भाइरल भएको ‘छ एकान छ’ को क्लिप्स

भिडियो

काठमाडौं– कलाको विशेषता भनेकै यो अमर हुन्छ । कुन कृति कुन समय चल्छ पत्तै हुँदैन । लामो समयअघि लेखिएका कृति अहिले आएर समसामयिक लाग्छन् । फिल्मको कुरा पनि त्यही नै हो । कुन समयमा बनेका फिल्म कहिले समसामयिक लाग्छन पत्तै हुँदैन । बाग्मती किनारमा रहेको सुकुम्बासी वस्ती खाली गर्न काठमाडौं महानगरपालिका जाँदा दुई पक्षबीच झडप भयो । महानगरपालिकाका सुरक्षाकर्मीहरु घाइते समेत भए ।

यो प्रकरणसंगै सुकुम्बासी को हो ? भन्ने प्रश्न समेत खडा भएको छ । यता महानगरका मेयर बालेन्द्र साह तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको दोहोरी पनि चर्चित बन्यो ।समग्रमा सुकुम्बासीलाई भिन्न–भिन्न शक्तिले परिचालन गर्ने गरेको तथ्य बाहिरियो ।

अहिलेको परिस्थितीको सहि चित्रण एउटा नेपाली फिल्ममा झण्डै एक दशकअघि नै भएको थियो । २०७० पुसको अन्तिम साता प्रदर्शन भएको दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मासहितको समुहले निर्माण गरेको तथा दिनेश डिसीद्वारा निर्देशित फिल्म ‘छ एकान छ’ को एक क्लिप्स अहिले आएर भाइरल हुँदैछ । माग्ने बुढा नामले परिचित अभिनेता केदार प्रसाद घिमिरे रहेको क्लिप्समा सुकुम्बासीलाई पैसा दिएर भिन्न–भिन्न पार्टीले प्रयोग गरिरहेको देखाइएको छ ।

प्रदर्शनको समय ठिकै चर्चा कमाएको यो फिल्म अहिले आएर एकाएक चर्चित बनेको छ । त्यसैले त भन्नै नसकिने कुन कला–कृतिको दिन कहिले आउँछ कहिले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *