काठमाडौंको हलचोकमा बसले मोटरसाइकललाई ठक्कर दियो,३४ वर्षीय प्रतिकले सदाका लागि गुमाए ज्यान

समाचार

काठमाडौं, १६ मंसिर ;काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ ।

हीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए ।घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

यो पनि: दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु:झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति दमक नगरपालिका(९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका(१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका(४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *