विवाहको भिडियो रिलिज गर्दै सुनिल गिरीले फ्यानलाई दिए सरप्राइज

भिडियो

काठमाडौं । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ जस्ता हिट लोकपप गितका गायक सुनिल गिरीले लगनगाँठो कसेका छन् । गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आँफूले विबाह गरेको फ्यानलाई जानकारी दिएका हुन् । गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरु स्वयमले अभिनय समेत गरेका छन् ।

विवाहको खबर आफ्नो म्यूजिक भिडियो बनाएर सार्वजनिक गर्ने गिरीको यो शैलीलाई धेरैले रुचाएका छन् । नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन् । जसको सम्पादन र कलरिङ बिबेक बिकले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *