काठमाडौँ- नायक सलिनमान बनियाँले यसै बर्ष बिहे गर्न लागेको खबर मिडियामा सार्वजनिक भएका थिए । सलिन र उनकी प्रेमिमका अस्प्रिना जिन्हाको बिहेको खबरले मिडिया तातिरहेको समयमा तत्कालका लागि यी दुइको बिहे नहुने भएको छ ।
बुधबार नायक सलोन बस्नेतको बिहे पार्टीमा पुगेका सलिनले २ बर्ष बिहे नहुने बताए । उनले, प्रेमिका अस्प्रिना अध्ययनका लागि विदेश उडेपछि बिहेको सोच तत्काल स्थगीत भएको बताएका हुन् । सलिनका अनुसार, अस्प्रिना अध्ययनका लागि सिंगापुरमा छिन् ।
उनी मेकअप सम्बन्धी कोर्स गरिरहेकी छिन् ।सलिनले फिल्म क्षेत्रमा आएपछि पनि आफ्नो प्रेमलाई लुकाएका थिएनन् । उनीहरुबिच इन्गेजमेन्ट भैसकेको खबर पनि सार्वजनिक भएको थियो । दोश्रो फिल्म ‘यात्रा’मा काम गरेपछि सलिनमानले नयाँ फिल्ममा काम गरेका छैनन् ।
यो पनि – आफ्नो अनियन्त्रित अभिव्यक्तिका कारण अभिनेत्री पूजा शर्मा जति विवादित बन्छिन्, व्यक्तिगत जीवनका कारण उनको चर्चा पनि उतिक्कै हुने गरेको छ । आकाश श्रेष्ठसँग पानी बाराबार भएपछि युद्ध बानियाँसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनी अब विवाह गर्न ढिलो गर्ने पक्षमा छैनन् ।
तर, अहिले उनीहरुले एक व्यावसायमा हात हालेकाले विवाह केही समय धकेलिने देखिन्छ ।युद्धसँग भर्खर प्रेम अंकुराउँदा पूजा प्रेम सम्बन्धको बारेमा बोल्न खासै रुचाउँदिन थिइन् । प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि उनी पुग्ने गरेकी थिइनन् ।आफ्नो पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएपछि भने उनले युद्धलाई आफ्नो छायाँ बनाएर हिँड्ने गरेकी छन् ।
मिडियाको लावालस्कर हुने सार्वजनिक कार्यक्रममा पनि आजभोली उनी युद्धसँग निर्धक्क पुग्ने गर्छिन् ।शनिबार अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी र संगीत कार्यक्रममा पूजा प्रेमीकै साथमा पुगेकी थिइन् । बुधबार साँझ काठमाडौंको एक होटलमा भएको रिसेप्सन पार्टीमा पनि उनी युद्धलाई साथमै लिएर उपस्थित भएकी थिइन् ।
त्यहाँ उनीहरुले मिडियाका लागि एकसाथ तस्बिर खिचाउन हिचकिचाएनन् । तर, मिडियासँग बोल्ने क्रममा भने पूजाले युद्धलाई अगाडि सारिनन् ।युद्ध लजालु स्वभावको भएकाले मिडियामा बोल्न अप्ठ्यारो मान्ने भन्दै उनले मिडियामा बोल्नका लागि पनि उपयुक्त समय आउने बताइन् ।
उनले युद्धलाई मिडियामाझ चिनाउन नचाहे पनि सलोन-करिश्माको रिसेप्सन पार्टीमा उपस्थित भएका आफू नजिकका व्यक्तिहरुसँग भने चिनजान गराएकी थिइन् । उक्त पार्टीमा युद्धले केही पटक पूजालाई ‘सानु’ भनेर बोलाएको सुनिएको थियो ।