काठमाडौं : कलाकार जोडी आश्मा दाहाल र संयम पुरीले सात वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार विवाहमा परिणत गर्दैछन् । बुधबार महाराजगञ्जको एक पार्टी प्यालेसमा उनीहरुको भव्य मेहेन्दी उत्सव भयो ।
शुक्रबार गोकर्णस्थित नर्लिङ रिसोर्टमा हुने विवाह समारोहमा २०० जना जन्ती उपस्थित हुने जनाइएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएका उनीहरु विवाहको लागि नेपाल आएका हुन् ।